बुटवल । सुदुरपश्चिम् प्रदेशका विभिन्न जिल्लाबाट लुम्बिनी प्रदेशमा विभिन्न कारणले बसोबास गर्दै आएकाहरुको सस्था सुदुरपश्चिम सम्पर्क समाज लुम्बिनीले सुदुरका सस्कृती बचाउनेगरी कामहरु गरिरहेको छ।
यो समाजले सुदुरको रहनसहन तथा भाषा र सस्कृती लुम्बिनीमा बसेपनी निरन्तरता दिनेगरी काम गर्नुपर्ने सुदुरपश्चिमेलिले बताएमा हुन।
सम्पर्क समाजको तेस्रो साधारणसभाको अवसरमा बोल्ने अधिकाशले समाजले सामाजिक कार्यहरु गर्नुका साथै आफ्नो रहनसहन, भाषा, कला सस्कृती जगाउनेगरी काम गर्नुपर्ने उल्लेख गरेका थिए।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष परमानन्द पन्तले समाजले रुपन्देही आसपासमा बस्ने सुदुरपश्चिमका बासीन्दा करि ८ सय किलोमीटर हाराहारीमा टाढा भएपनी त्यहाँ मनाउने जस्तै गरि पर्व र उल्लस मनाउनेगरी समाजले काम गरिरहेको दाबी गरे।
तिलोतमाको वनबाटिकामा भएको सो कार्यक्रममा अध्यक्ष पन्तले आगामि दिनहरुमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने र सदस्यहरुबिच भातृत्व र सहयोगका कार्यक्रम गर्दै अगाडी बढ्ने लक्ष्य रहेको उल्लेख गरे।
शैक्षिक व्यक्तित्व नारायण बहादुर विष्टले सम्पर्क समाजले अहिलेसम्म गरेका काम सफल र प्रंशसनिय रहेको भन्दै आगामि दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक प्रकाश भण्डारी , सल्लाहकार रुद्र प्रसाद पन्त , सस्थापक अध्यक्ष आयुस बोगटी, सल्लाहकार गणेश भण्डारी, समाजका उपाध्यक्ष उद्धब सिह बिस्ट, गीता भट्ट,नवीन तिरुवा, सचिव धिरबहादुर कार्की लगायतले समाजले आफ्नो क्षेत्रका भाषा सकृतिहरुलाई यो क्षेत्रमा समेत ल्याएर चलायमान बनाउनुपर्ने उल्लेख गरेका थिए।
साधारणसभामा वार्षिक प्रतिवेदन सचिव धीरबहादुर कार्की र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कल्पना ओझाले प्रस्तुत गरेका थिए।




