बुटवल । इनारमा खसेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ।
शनिबार साँझ ललितपुरमा गोदावरी नगरपालिका-१३ झरूवासीमा सुर्खेतका सन्तोष डाँगीकी ६ वर्षीया छोरी आरती इनारमा खसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बालिकालाई इनारबाट झिकेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।




