२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

एक वर्षमा ११ लाख ४७ हजार पर्यटक भित्रिए, दैनिक सरदर तीन हजार

एक वर्षमा ११ लाख ४७ हजार पर्यटक भित्रिए, दैनिक सरदर तीन हजार

एक वर्षमा ११ लाख ४७ हजार पर्यटक भित्रिए, दैनिक सरदर तीन हजार

एक वर्षमा ११ लाख ४७ हजार पर्यटक भित्रिए, दैनिक सरदर तीन हजार

एक वर्षमा ११ लाख ४७ हजार पर्यटक भित्रिए, दैनिक सरदर तीन हजार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • काठमाडौं । सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । मंगलबार (आज) बिहानसम्मको तथ्यांकानुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

    बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताए । सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले  पर्यटक आगमन बढेको उनले जानकारी दिए ।

    सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।

    राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ)को पछिल्लो ६ महिनाको तथ्यांकानुसार कोभिड–१९ पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ ।

    नेपाल प्रिमियर लिग (एनपीएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय बेलुन महोत्सव, ड्रागन बोट महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजित मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो । रासस

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij