२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नेपालमै पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण शुरू

नेपालमै पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण शुरू

नेपालमै पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण शुरू

नेपालमै पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण शुरू

नेपालमै पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण शुरू
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • काठमाण्डाै । स्तन क्यान्सरको वंशाणुगत परीक्षण अर्थात् 'जिन सिक्वेन्सिङ' अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ ।

    अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमूना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिए । ‘यस्तो परीक्षण पहिलो पटक सम्भव भएको हो’, उनले भने, ‘अब देशबाहिर नमूना पठाउनुपर्दैन ।’

    यसअघि स्तन क्यान्सर आफन्त वा नातेदारमा भए/नभएको पत्ता लगाउन परीक्षणका लागि नमूना भारत तथा अन्य देशमा पठाउनुपर्ने बाध्यता थियो । यस्तो परीक्षणले वंशाणुगत कारणले स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए/नभएको पत्ता लगाउनेछ । यसकै आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट व्यक्तिका परिवारलाई जोगाउन सकिने चिकित्सकहरूको भनाइ छ ।

    प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमूना परीक्षण गर्ने बताएको छ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी चार थरीका नमूना परीक्षण नियमित थप गर्ने भएको छ । भारतमा स्तन क्यान्सरको वंशाणुगत नमूना परीक्षणका लागि ६० हजार रुपैयाँसम्म पर्ने गरेको छ । तर प्रयोगशालाले भने ३० हजार रुपैयाँभित्रै परीक्षण गर्नेछ ।

    नेपालमा वर्षमा झन्डै दुई हजार जनाले स्तन क्यान्सरको वंशाणुगत परीक्षण गराउँदै आएका छ्न् । यस आधारमा झन्डै १२ करोड रुपैयाँ परीक्षणका लागि बाहिरिरहेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यसअघि पनि सरकारी क्यान्सर अस्पतालमा सम्भव नभएका क्यान्सरसम्बन्धी परीक्षण प्रयोगशालामा गराउने निर्णय गरेका थिए।  अहिले ती परीक्षण नियमित रूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्दै आइरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij