२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

१२ निर्माण कम्पनी कालोसूचीमा

१२ निर्माण कम्पनी कालोसूचीमा

१२ निर्माण कम्पनी कालोसूचीमा

१२ निर्माण कम्पनी कालोसूचीमा

१२ निर्माण कम्पनी कालोसूचीमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं । सरकारले १२ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार (आज) एक सूचना निकालेर ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ । 

    सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) अनुसार १२ कम्पनीलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एकदेखि तीन वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने सूचनामा उल्लेख गरेको छ । कार्यालयले केही कम्पनी तथा आपूर्तिकर्तालाई तीन वर्ष, केहीलाई एक वर्ष र केहीलाई ६ महिनाका निम्ति कालोसूचीमा राखिएको जनाएको छ ।

    पाँचथरको फिदिमस्थित यातायात पूर्वाधार निर्देशनालय, नेपाल टेलिकम केन्द्रीय कार्यालय, रुकुम पश्चिमको चौरजहारीस्थित सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, नेपाल वन निगम लिमिटेडलगायत १२ सार्वजनिक निकायले उक्त कार्यालयलाई कालोसूचीमा राख्न पत्राचार गरेका सूचनामा जनाइएको छ । रासस

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij