२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पाणिनीमा सुशासन र सेवाग्राहीका अपेक्षामाथि गहन छलफल

पाणिनीमा सुशासन र सेवाग्राहीका अपेक्षामाथि गहन छलफल

पाणिनीमा सुशासन र सेवाग्राहीका अपेक्षामाथि गहन छलफल

पाणिनीमा सुशासन र सेवाग्राहीका अपेक्षामाथि गहन छलफल

पाणिनीमा सुशासन र सेवाग्राहीका अपेक्षामाथि गहन छलफल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, पौष २० २०८१
शनिवार, पौष २० २०८१
  • अविजित पन्थी- अर्घाखाँची । पाणिनी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम पालिस्थित कोट मन्दिरमा भव्य रूपमा सम्पन्न गरेको छ । वडा नं. ७ र ८ का सेवाग्राहीलाई लक्षित गर्दै आयोजित कार्यक्रममा पालिकाले चौमासिक अवधिमा सम्पन्न गरेका विकास निर्माणका काम, सेवा प्रवाह, सुशासन, र पारदर्शिताबारे जानकारी गराउँदै सेवाग्राहीका प्रश्न, सुझाव, र गुनासालाई समेट्ने प्रयास गरेको थियो ।

    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले पालिकाको समग्र विकासका लागि नागरिकका सुझाव र आवश्यकता महत्वपूर्ण हुने बताउँदै, सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनताको समस्याको समाधान गर्न पालिका प्रतिबद्ध रहेको उल्लेख गरे । उनले रचनात्मक सुझावलाई मनन गर्दै नागरिक आवश्यकता र चाहनाका आधारमा योजनाबद्ध कार्य अघि बढाइने आश्वासन दिए ।

    पालिका उपाध्यक्ष नर्मदा गौतम पौडेलले पालिकाभित्रका व्यवसाय, बजार र योजनाको अनुगमन प्रक्रियामा आएका गुनासालाई सम्बोधन गर्दै आगामी दिनमा अनुगमन प्रणालीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिन । उनले पालिकाका योजनाहरूको कार्यान्वयनमा देखिएका कमजोरी सुधार गर्दै पारदर्शिता कायम गरिने जनाइन ।

    पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले कार्यालयलाई जनमुखी, पारदर्शी, र सुशासनमैत्री बनाउन कुनै कसर बाँकी नराखिने बताए । उनले कर्मचारी तहबाट कुनै प्रकारको लापरबाही भएमा तुरुन्तै कारबाहीको प्रक्रिया अघि बढाइने स्पष्ट पारेका थिए ।
    वडा नं. ७ का वडाध्यक्ष तथा प्रवक्ता गुणाखर अधिकारी र वडा नं. ८ का वडाध्यक्ष रोमबहादुर पाण्डे क्षेत्रीले वडावासीको आवश्यकता र चाहनालाई ध्यानमा राखी योजनाहरू छनोट र कार्यान्वयन भइरहेको जानकारी दिए । उनीहरूले आगामी दिनमा पनि जनउत्तरदायी सेवा प्रवाहमा पालिका केन्द्रित हुने बताएका थिए ।

    कार्यक्रममा नेकपा (एमाले) लुम्बिनी कमिटी सदस्य कुटमदिन अली, नेपाली कांग्रेस पाणिनी गाउँ कार्यसमिति सभापति तुलसी पौडेललगायत अन्य सहभागीले पाणिनी गाउँपालिकाको विकास र समृद्धिका लागि विभिन्न सुझाव राखेका थिए ।

    सार्वजनिक सुनुवाइका क्रममा करिब १५ जना सेवाग्राहीले आफ्ना गुनासा, सुझाव र प्रश्न प्रस्तुत गरेका थिए । नागरिकबाट प्राप्त सुझावलाई समेट्दै कार्यक्रमका सहजकर्ता लक्ष्मण घिमिरेले नागरिक प्रतिवेदन र बहिर्गमन अभिमत फारामको रिपोर्ट प्रस्तुत गरेका थिए ।

    कार्यक्रमको सञ्चालन विष्णु खनालले गरेका थिए भने अध्यक्षता गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले गरेका थिए । कार्यक्रमको सहजीकरण बोर्डरलेस मिडिया हव प्रा.लि. अर्घाखाँचीले गरेको थियो । कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनले गाउँपालिकाको पारदर्शिता र जनसहभागिता अभिवृद्धिमा विशेष योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    कार्यक्रमले सेवा प्रवाह, विकास योजना र सुशासनमा सुधार गर्नुपर्ने पक्षलाई प्रस्ट पहिचान गर्दै आगामी दिनमा पालिकालाई थप जनउत्तरदायी बनाउनका लागि मार्गचित्रसमेत प्रस्तुत गरेको छ । यो सार्वजनिक सुनुवाइ पाणिनी गाउँपालिकाको विकास, सुशासन, र पारदर्शिताप्रति जिम्मेवार भूमिका निर्वाह गर्ने दिशामा कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij