२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवल हस्पिटल प्रा.लि.को सिटिजन वैकसंग सहकार्य

बुटवल हस्पिटल प्रा.लि.को सिटिजन वैकसंग सहकार्य

बुटवल हस्पिटल प्रा.लि.को सिटिजन वैकसंग सहकार्य

बुटवल हस्पिटल प्रा.लि.को सिटिजन वैकसंग सहकार्य

बुटवल हस्पिटल प्रा.लि.को सिटिजन वैकसंग सहकार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • बुटवल । बुटवल हस्पिटल प्रा.लि.संग संघ संस्थाहरुसंगको उपचार सम्झौता अभियानलाई तिब्रता दिएको छ । यसैक्रममा बुटवलमा रहेको सिटिजन वैकसंग एक समारोहका बिच उपचार सम्झौता गरिएको हो । बुटवल हस्पिटलले उपचारका लागि सिटिजन वैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ ।

    त्यसैगरि बैकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ । उपचार सझौतासंगै दुई संस्थाका विचमा व्यवसायीक तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । उनले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताए ।

    सो अवसरमा सिटिजन बैक लुम्बिनी प्रदेश प्रमुख प्रमुख हरि प्रसाद घिमिरेले बैक र हस्पिटलका विचमा भएको सहकार्यले दुवै पक्षलाई आगामी दिनमा थप सहकार्यको वाटो खुला भएको बताए । उनले बुटवल हस्पिटल यस क्षेत्रमै नमुना अस्पताल भएकोले सहकार्यका लागि बुटवल हस्पिटललाई नै रोजेको बताए । 

    दुई संस्था विचमा सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रा लिका उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन पाण्डे, जनल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख बिक्रम खड्का बजार प्रमुख सुमन तिमिल्सीना बैकका बुटवल शाखा प्रमुख विष्णु प्रसाद पोख्रेल, अनिता श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । 

    आजभन्दा २४ वर्ष अघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल अहिले १ सय शैयाका रुपमा संचालनमा रहेको छ । जहां आईसियु, एनआईसियु, एचडियू सहितका उपचार कक्षहरु संचालनमा रहेका छन् । अस्पतालमा एक पटकमा ४ वटा अप्रेशन गर्न मिल्ने गरि संरचना निमार्ण गरिएको छ । बुटवल हस्पिटलमा चिकित्सक नर्स सहित २ सय ५० जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij