२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवल स्वास्थ्य क्षेत्रमा पनि अब्बल बनेकोपुर्वमन्त्री संजय गौतमकाे दावी

बुटवल स्वास्थ्य क्षेत्रमा पनि अब्बल बनेकोपुर्वमन्त्री संजय गौतमकाे दावी

बुटवल स्वास्थ्य क्षेत्रमा पनि अब्बल बनेकोपुर्वमन्त्री संजय गौतमकाे दावी

बुटवल स्वास्थ्य क्षेत्रमा पनि अब्बल बनेकोपुर्वमन्त्री संजय गौतमकाे दावी

बुटवल स्वास्थ्य क्षेत्रमा पनि अब्बल बनेकोपुर्वमन्त्री संजय गौतमकाे दावी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुवं मन्त्री संजय गौतमले बुटवल मेडिकल हवका रुपमा विकसित हुदै गएको बताएका छन ।

    बुटवलमा नीजि क्षेत्र र सरकारी अस्पतालहरुको अवस्था हेर्दा मेडिकल हवका रुपमा चर्चा गर्न सकिने अवस्था देखिएको बताउँदै उनले बुटवल हस्पिटल प्रा लि को अवलोकन गरे । उनले नीति क्षेत्रको निकै ठुलो लगानी र हिम्मतका साथ अन्तराष्ट्रिय स्तरकै भौतिक संरचनाको अस्पताल निमार्ण भएको बताए ।

    बर्दिया जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित नेता गौतमले सरकारले नीति क्षेत्रलाई संगै लिएर हिडेमा मात्र नागरिकहरुको स्वास्थ्य समस्याको समाधान गर्न सक्ने बताए । सरकारले आफ्नै डम्फु बजाउने, नीजि क्षेत्रलाई उपेक्षा गरे सरकारले नागरिकहरुको स्वास्थ्यमा काम गर्न नसक्ने ठोकुवा गरे ।

    उनले दलहरुकै कारण अहिलेको अवस्था आएको भन्दै सरकारले गर्न नसकेका कामहरु नीति क्षेत्रबाट भैरहेको भन्दै प्रशंसा व्यक्त गरे ।

    पुर्वमन्त्री गौतमलाई स्वागत गर्दै बुटवल हस्पिटल प्रा लि का अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवलबाट धेरै बिरामीहरुको उपचारका लागि भारतिय शहरहरमा जानु पर्ने र लुटिएको अवस्था आएकोले त्यसलाई रोक्न अस्पताल निमार्ण गरिएको बताए ।उनले भौतिक संरचना संगै अस्पताल उपकरण र दक्ष जनशक्तिपुर्णरहेको दावी समेत गरे ।

    सो अवसरमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य विष्णु पोख्रेल, वालकुमारी भण्डारी, कुमार केसी, रवि विक, सुमित्रा आचार्य,बुटवल हस्पिटल प्रालिका सचिव मोहन पाण्डे, बिक्रम खड्का लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij