२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सामाजिक सुरक्षा कोषमा आवद्ध झण्डै ५ हजार बढिले अव राप्ती प्रतिष्ठानवाट विशेषज्ञसहीत उपचार पाउने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१

  • दाङ । दाङवाट सामाजिक सुरक्षा कोषमा आवद्ध भएका सबैको उपचार अव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा.श्याम लम्सालले सामाजिक सुरक्षा कोषमा आवद्ध ब्यक्तिहरुको उपचार अव प्रतिष्ठानमा हुने गरी सम्झौता गरीएको बताए ।

    सम्झौता अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध ब्यक्तिहरुको सामान्य उपचारदेखी अप्रेसनसम्मको सेवा प्रतिष्ठानवाट उपलब्ध हुनेछ ।

    आज काठमाण्डौमा एक कार्यक्रमका विच प्रतिष्ठानका रजिष्ट्रार लम्साल र सामाजिक सुरक्षा कोषका पदाधिकारी विच सामाजिक सुरक्षा कोषमा आवद्ध ब्यक्तिहरुको उपचार प्रतिष्ठानवाट प्राप्त गर्ने गरी सम्झौता गरीएको हो । दाङवाट मात्रै सामाजिक सुरक्षा कोषमा ५ हजार बढि ब्यक्ति आवद्ध रहेका छन् ।

    कोषमा आवद्ध ब्यक्तिहरुको उपचार गर्ने गरी सम्झौता भएको देशैभरीको पहिलो प्रतिष्ठान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको छ । कोषमा वैदेशीक रोजगारमा गएका ब्यक्तिहरु, विभिन्न बैक तथा कम्पनिका सुरक्षा गार्ड कम्पनिमा आवद्ध सुरक्षा गार्डहरु, कर्मचारीहरु आवद्ध रहदै आएका छन् ।

    यसअघि घोराहीको मितेरी हस्पिटलवाट उपचार हुँदै आएकोमा अव विशेषज्ञ सेवासहीत सेवा प्रतिष्ठानवाट कोषमा आवद्ध भएका ब्यक्तिहरुको उपचार हुनेछ । कोषमा आवद्ध विरामीले २४ घण्टाभित्र अनलाइन रेकर्ड बुझाएमा उपचार गर्दा लागेको रकम भुक्तानि हुने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij