२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भूकम्पमा परी चीनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

भूकम्पमा परी चीनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

भूकम्पमा परी चीनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

भूकम्पमा परी चीनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

भूकम्पमा परी चीनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • बुटवल । मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी चीनमा मृत्यु हुनेको ३६ पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

    चीनको स्वायत्त क्षेत्र तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर आज बिहान गएको हो।

    नेपाली समयअनुसार मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीनको सीमानाको दिंगे क्षेत्र रहेको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

    उक्त भूकम्प ७ रेक्टर स्केलको रहेको र जमिनभन्दा करिब १० किलोमिटर भित्र केन्द्र रहेको पनि केन्द्रले जानकारी दिएको छ।

    भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायत जिल्लामा महसुस गरिएको थियो।

    भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij