२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

भूकम्पले कोशीका पहाडी जिल्लाका केही घरमा क्षति

भूकम्पले कोशीका पहाडी जिल्लाका केही घरमा क्षति

भूकम्पले कोशीका पहाडी जिल्लाका केही घरमा क्षति

भूकम्पले कोशीका पहाडी जिल्लाका केही घरमा क्षति

भूकम्पले कोशीका पहाडी जिल्लाका केही घरमा क्षति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • विराटनगर । चीनको तिब्बतमा गएको भूकम्पका कारण पूर्वी नेपालका पहाडी जिल्लाका केही घरमा क्षति पुगेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भूकम्पका कारण पहाडी जिल्लाका केही घरमा क्षति पुगेको हो ।

    बिहान ६ः५० बजे गएको भूकम्पमा परी चीनको तिब्बतमा ५३ जनाको मृत्यु भइसकेको छ ।


    कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालका अनुसार सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा र ताप्लेजुङमा भूकम्पले केही घरमा क्षति पुगेको छ ।

    प्रहरीका अनुसार ओखलुढंगाको चिसांखुुगढी ५ का इन्द्रबहादुर परियारको घरमा पूर्ण क्षति भएको छ । सिद्धिचरण नगरपालिका– २ का हिमाल कार्की र खानीगाउँका चन्द्रबहादुर पुलामीको घरमा आसिंक क्षति घरमा क्षति पुगेको छ ।

    सोलुखुम्बुमा तीन वटा घरमा क्षति पुगेको छ ।

    प्रहरीका अनुसार सोलुखुम्बु खम्बुपासङ लाम्यु गाउँपालिका– ५ का डिमा शर्माको घरमा पूर्ण क्षति भएको छ । थुलुङ दूधकोशी गाउँपालिका– ७ का हर्कबहादुर खत्री र थामे प्रहरी पोष्टको कार्यालय भवनमा पनि क्षति पुगेको छ ।

    ताप्लेजुङमा इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख बस्ने घरमा आंशिक क्षति पुगेको छ । संखुवासभाको भोटखोला–१ किमाथांकाका तेन्छेदी शेर्पाको घर भत्किएको छ ।

    आज बिहान ६ः५० मा भूकम्पको ठूलो धक्का महसुस भएको थियो । भूकम्प गएपछि प्रहरीको १४ वटै जिल्लाको प्रहरी युनिटलाई परिचालन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दाहालले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij