२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चीनको तिब्बतमा आएको भूकम्पबाट अहिलेसम्म १२६ जनाको मृत्यु

चीनको तिब्बतमा आएको भूकम्पबाट अहिलेसम्म १२६ जनाको मृत्यु

चीनको तिब्बतमा आएको भूकम्पबाट अहिलेसम्म १२६ जनाको मृत्यु

चीनको तिब्बतमा आएको भूकम्पबाट अहिलेसम्म १२६ जनाको मृत्यु

चीनको तिब्बतमा आएको भूकम्पबाट अहिलेसम्म १२६ जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१

  • काठमाडौँ । मंगलबार बिहान आएको शक्तिशाली भूकम्पका कारण चीनमा १२६ जनाको मृत्यु भएको छ ।

    चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पका कारण चीनमा अहिलेसम्म १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन् ।

    भूकम्पको केन्द्रविन्दु रहेको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा करिब ७ हजार मानिस बढी प्रभावित भएको सिन्ह्वाले उल्लेख गरेको छ । त्यस्तै अहिलेसम्म भूकम्पबाट ३६ सय भन्दा बढी घर भत्किएको, ४०७ जनाको सकुशल उद्धार गरिएको प्रभावित ३० हजार भन्दा बढीलाई सुरक्षित ठाउमा सारिएको रिपोर्टमा उल्लेख छ । 

    चिनियाँ राष्ट्रपति सी जीङपीङले भूकम्प प्रभावितको तत्काल उद्धार र राहत गर्न निर्देशन दिएको सिन्ह्वाले जनाएको छ । त्यस्तै चिनियाँ सेनाले ड्रोनको सहयोग लिएर प्रभावितको आँकडा संकलन गरिरहेको रिपोर्टमा उल्लेख छ । अहिलेपनि राहत र उद्धारको काम जारी रहेको र मृतकको संख्या अझै बढ्नसक्ने मिडिया रिपोर्टमा उल्लेख छ ।     

    चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पको धक्का नेपाल सहित भारतसम्म महसुस गरिएको थियो ।

    दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको क्षेत्र हो । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित पूर्वी नेपालका जिल्लाहरुमा महसुस गरिएको थियो । भूकम्पको धक्का २० देखि ३० सेकेन्डसम्म महसुस गरिएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij