भैरहवा
पर्यटन नगरी सिद्धार्थनगरको सौन्दर्यतामा वास्ता नगरेको भन्दै बीएमजी ग्रुपले अग्रसरता देखाएको छ । भैरहवा क्षेत्रको अग्रज वर्ग र नागरिक समाजहरुको समूह भैरहवा मर्निङवाक गु्रपले बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरमा अव्यवस्थित पार्किङ् समस्या, ओभर स्पीड, निर्माण सामग्रीले सडक ओगट्ने जस्ता समस्या रहेको भन्दै समाधानकालागि जिल्ला ट्राफिक प्रहरीलाई ध्यानाकर्षण गराएको छ ।
बिहानी समयमा स्वास्थ्यकालागि हिंड्नुको अलावा जनताले पाउने सेवा सुविधा छिटो छरितो र पारदर्शी ढंगले सञ्चालन होस् भन्ने उद्देश्य लिएर समूहले समय समयमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायमा सचेतना दिँदै आएको भैरहवा मर्निङ्गवाक ग्रुप (बीएमजी) समूहले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पुगेर लुम्बिनीको प्रवेशद्वार र हजारौँ पर्यटक आउने यो नगरमा अव्यवस्थित पार्किङले नगरको शोभा नै गुमेको र सर्वसाधारणको आवागमनमा अवरोध उत्पन्न भएको भन्दै यथासिघ्र समस्या समाधानकालागि पहल गर्नुपर्ने अध्यक्ष विजयगोविन्द श्रेष्ठले बताए ।
श्रेष्ठले नगरका देवकोटा चोक र बुद्धचोकमा रहेका ट्राफिक लाइट नियमित सञ्चालन गर्न, सडक आधा ओगटिने गरी बजारमा गरिने पार्किङ् व्यवस्थित गर्न माग गरे । सधैँ एउटै साइडमा मात्र पार्किङ् हुँदा व्यवसायमाथि नै गम्भीर असर परेको भन्दै उनले बजार क्षेत्रमा ओभर स्पीडमा बाइकहरु कुद्ने गरेकोतर्फ पनि ध्यान दिन आग्रह गरे ।
जेब्राक्रसिङ्गमा हिंडेर सडक पार गर्न समेत ओभरस्पीडका कारण खतरा रहेको अध्यक्ष श्रेष्ठले आंैल्याए । निवर्तमान अध्यक्ष वनमाली निराकारले सिद्धार्थनगरलाई कसरी सुन्दर बनाउने भनेर मर्निङवाक ग्रुपले सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदै आएको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रञ्जु केसीले स्थानीय बासिन्दाका हिसाबले देखेका समस्या उठाएकोमा धन्यवाद दिँदै ट्राफिक प्रहरीले गर्न सक्ने काम तत्काल गर्ने जानकारी दिइन् । ‘कतिपय कामहरु सडक विभाग, नगरपालिका र प्रशासनसँग समन्वय गर्ने खालका देखिन्छन्, सरोकारवाला कार्यालयहरुसँग समन्वय गरेर हरसंभव समस्या समाधन गर्न पहल गछौं ।’–केसीले भनिन् ।
उनले ओभरस्पीड नियन्त्रण गर्न राडार गनबाट अनुगमन भैरहेको जानकारी दिँदै प्रहरीको आँखा छलेर स्पीड बढाउने गरिएको हुनसक्ने बताइन् । समूहले सिद्धार्थनगरलाई सुन्दर, स्वच्छ, हराभरा र आकर्षक शहर बनाउन २०७१ सालदेखि नै सचेत गराउँदै आएको छ ।
यस अघि समूहले फोहोर, छाडा चौपायाव्यवस्थापन, विधुतको विषयमात्यस्तै सिद्धार्थनगर नगरपालिका, मेडिकल कलेजलागयतको सेवामूलक क्षेत्रमा पनि गुणस्तरीय सेवा दिनकालागि सरोकारवालानिकायलाई सचेत गराउन ध्यानाकर्षण गराउँदै आएको छ । यहाँका समस्या, विकृतिहरुको पहिचान गर्दै सम्बन्धित संघ सस्था र सारेकारवाला निकायलााई ध्यानाकर्षण गराउँदै आएको छ ।




