२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

परासीबाट चार चारपांग्रे सवारी चालक अनुमतिपत्र वितरण

परासीबाट चार चारपांग्रे सवारी चालक अनुमतिपत्र वितरण

परासीबाट चार चारपांग्रे सवारी चालक अनुमतिपत्र वितरण

परासीबाट चार चारपांग्रे सवारी चालक अनुमतिपत्र वितरण

परासीबाट चार चारपांग्रे सवारी चालक अनुमतिपत्र वितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • नवलपरासी । यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चारपांग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरु गरेको छ । 

    यहाँमा २०७८ साल फागुन १ गतेबाट सेवा कार्यालय स्थापना भएको थियो । कार्यालयले यसअगाडि मोटरसाइकल र स्कुटरको मात्र चालक अनुमतिपत्र दिँदै आएको थियो ।  

    सेवा थप भएसँगै चारपांग्रे सवारीसाधन  (कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा,  ई–रिक्सा र ट्याक्टरको अनुमतिपत्रका लागि अनलाइन आवेदन माग गरिएको कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिए । 

    कार्यालयबाट ब्लूबुक नवीकरण, जाँचपास, नवीकरण तथा रुट परमिट, लाइसेन्स नवीकरण एवं दुईपांग्रेका लाइसेन्स वितरणको काम हुँदै आएको छ । 

    यसैबीच सवारीसाधन ग्रेडिङ गरी अनुमतिपत्र दिने नीति लागु भएपछि दुर्घटनामा पनि कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अमृत भण्डारीले बताए । पछिल्लो समय दुर्घटना व्यवस्थापनका लागि सवारीचालकले अनिवार्य अनुमतिपत्र लिएरमात्र सवारीसाधन चलाउने नियममा कडाइ गर्न थालिएको  छ । रासस

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij