२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रोट्र्याक्टको १७ औ राष्ट्रिय सम्मेलन बुटवलमा सकियो

रोट्र्याक्टको १७ औ राष्ट्रिय सम्मेलन बुटवलमा सकियो

रोट्र्याक्टको १७ औ राष्ट्रिय सम्मेलन बुटवलमा सकियो

रोट्र्याक्टको १७ औ राष्ट्रिय सम्मेलन बुटवलमा सकियो

रोट्र्याक्टको १७ औ राष्ट्रिय सम्मेलन  बुटवलमा सकियो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • बुटवल । रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ को १७ औ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुस १९ र २० गरी २ दिन सम्मेलन चलेको थियो ।

    रोट्र्याक्ट डिस्ट्रिक्ट  ३२९२ को आयोजना ,  रोट्र्याक्ट क्लब अफ बुटवल साउथको आतिथ्यता र देशैभरका विभिन्न २० वटा क्लबहरूको सह आतिथ्यतामा आयोजित  सम्मेलनले करिब १,४०० भन्दा बढी सहभागीहरूलाई आकर्षित गर्दै युवाहरूको नेतृत्व, संलग्नता, र उद्यमशीलतालाई केन्द्रमा राखेको थियो।

    रोटर्याक्ट क्लब अफ बुटवल साउथका पूर्व अध्यक्ष एवं सम्मेलन चियर रितेश ज्ञवालीको अध्यक्षता, आतिथ्य क्लब रोट्रयाक्ट क्लब अफ बुटवल साउथका अध्यक्ष सुदिप पौडेलको  सह अध्यक्षता रहेको कार्यक्रममा  डिस्ट्रिक्ट सेसनको अध्यक्षता रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर विक्रम क्षेत्रीले गरेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाका  सांसद डा. चन्द्र भण्डारीको उपस्थिति थियो भने विशिष्ट अतिथिहरूमा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे , आईपी डीजि राजेन्द्र धव्जु,डीआरसीसी  कृष्ण प्रसाद पाण्डे, र आईपी डीआरआर रोशन कार्की सहभागी थिए।

    कार्यक्रममा डीआरआर विक्रम क्षेत्रीले आफूले  नेतृत्व लिए यता  रोट्रयाक्ट डिस्ट्रिक्टबाट भए गरेका रोट्याक्ट गतिविधिको जानकारी गराएका थिए भने डीआरआर इलेक्ट दिनेश गैरेले वर्ष २०२५-२६ का लागि आफ्नो टिम प्रस्तुत गरेका थिए ।

    वर्ष २०२६-२७ को नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियामा रोट्र्याक्ट क्लब अफ भैरहवाका  प्रकाश शर्मा निर्वाचित भई वर्ष २०२६-२७  डीआरआर घोषित भएको डीआरसी मेम्बर तथा निर्वाचन कमिटीका सदस्य रेसम खड्काले जानकारी दिए।

    कार्यक्रममा  नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा व्यवस्थापन र यसको नेपालको परिवर्तनमा भूमिकाबारे चर्चा गरे ।


    कार्यक्रममा  सांसदहरु ज्ञानेन्द्र शाही, ठाकुर गैरे, र सञ्जय कुमार गौतम, नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका एचआर र रणनीति विज्ञ प्रभाश राई, मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारी, आईएस्कन नेपालका सचिव रूपेश्वर गौर दास , आध्यात्मिक प्रशिक्षक  चैतन्य कृष्ण , मानसिक स्वास्थ्य उत्प्रेरक श्रेया गिरि लगायतले बोलेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij