२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भारतको एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

भारतको एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

भारतको एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

भारतको एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

भारतको एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • भारत । भारतमा हिन्दु धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बताएका छन्।

    भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा रहेको श्री वेंकटेश्वर स्वामी मन्दिरको दर्शनका लागि प्रवेशद्वारमा टोकन लिन ठुलो भिड जम्मा भएका समय एकाएक भागदौड मच्चिएको थियो।

    ‘हजारौँ धर्मावलम्बी भेला भएको मन्दिरपरिसरमा भएको दुर्भाग्यपूर्ण घटनामा ६ जना भक्तजनको ज्यान गएको छ। दिवंगत आत्माको शान्तिका लागि म भगवानसँग प्रार्थना गर्दछु,’ राज्यको सत्तारूढ तेलुगु देशम् पार्टीका प्रवक्ता प्रेमकुमार जैनले घटनाको पुष्टि गर्दै दुःख व्यक्त गरे।

    प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल एक्समा जारी गरेको एक सन्देशमा भनिएको छ, ‘यस दुःखद घडीमा ज्यान गुमाएका भक्तजनप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारका सदस्य र आफन्तजनप्रति समवेदना व्यक्त गर्दछु।’

    भारतका प्रमुख धार्मिक चाडहरूमा भिडभाड व्यवस्थापन र सुरक्षाको कमीका कारण धार्मिक स्थलहरूमा घातक दुर्घटनाहरू हुने गरेका छन्। गत वर्ष जुलाईमा उत्तर प्रदेशमा हिन्दु धर्मावलम्बीको धार्मिक जमघटका क्रममा १२१ जनाको मृत्यु भएको थियो।

    सन् २०१६ मा दक्षिणी केरला राज्यको एक मन्दिरमा नयाँ वर्षको अवसरमा प्रतिबन्धित आतिशबाजी प्रदर्शनका कारण भएको विस्फोटमा परी ११२ जनाको मृत्यु भएको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij