२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नागरिक एपमा समावेश हुँदै राष्ट्रिय परिचयपत्र

नागरिक एपमा समावेश हुँदै राष्ट्रिय परिचयपत्र

नागरिक एपमा समावेश हुँदै राष्ट्रिय परिचयपत्र

नागरिक एपमा समावेश हुँदै राष्ट्रिय परिचयपत्र

नागरिक एपमा समावेश हुँदै राष्ट्रिय परिचयपत्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • काठमाडौं । सरकारले उपलब्ध गराउँदै आएको राष्ट्रिय परिचयपत्र अब नागरिक एपमा पनि समावेश हुने भएको छ । नागरिक एपमा हाल सवारीचालक अनुमतिपत्र (लाइसेन्स), स्थायी लेखा नम्बर (प्यान)लगायत विभिन्न विवरणहरू उपलब्ध छ ।

    एपमा अब राष्ट्रिय परिचयपत्र पनि उपलब्ध हुने भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नागरिक एपसँग आबद्ध गर्न आवश्यक प्राविधिक काम भइसकेको जनाएको छ । विभागका सूचना अधिकारी शिवराज सेढाईंले नागरिक एपमा समावेश गर्न आवश्यक सिस्टम बनिसकेको बताए ।

    नागरिक एपमा काम गरिरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीले आउँदो साता राष्ट्रिय परिचयपत्र समावेश हुने बताएका छन् । यससँगै नागरिक एपको आवश्यकता वा परिचयपत्रको आवश्यकता परेको ठाउँमा मोबाइल एपबाटै पनि देखाउन सकिनेछ ।

    नागरिक एपमा राष्ट्रिय परिचयपत्र समावेश गरिएसँगै यसलाई विभिन्न सरकारी सेवामा प्रयोग गर्नसकिने व्यवस्था गरिने भएको छ । कुन–कुन सेवामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल चलिरहेको ती अधिकारीले बताएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij