२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ढकालाई हटाउन सर्वोच्चको आदेश

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ढकालाई हटाउन सर्वोच्चको आदेश

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ढकालाई हटाउन सर्वोच्चको आदेश

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ढकालाई हटाउन सर्वोच्चको आदेश

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ढकालाई हटाउन सर्वोच्चको आदेश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ १८ २०८१
सोमवार, आषाढ १८ २०८१
  • बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. ईन्द्र ढकाललाई गरेको नियुक्तिको निणर्य कार्यान्वयन नगर्न सर्बोच्च अदालतले आदेश दिएको छ ।  मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई सर्बोच्च अदालतले आदेश दिएको हो । 


    मिति २०८१ जेठ १८ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेण्टमा डा. ईन्द्र ढकाललाई नियुक्त गरेको थियो । यसअघि डा.सुदर्शन थापा मेसु थिए ।


    ढकालको नियुक्तीसंगै ११ औं तहका स्थायी मेडिकल सुपरिटेन्डेण्ट डा. विष्णु गौतमले सर्बोच्चमा दिएको निवेदन उपर न्यायधिश विनोद शर्माको गत शुक्रबार बसेको एकल इजलासले लुम्बिनी प्रादेशिक अस्पतालको आर्थिक र प्रशासनिक जिम्मेवारी सहित निमित्त मेडिकल सुपरीटेण्डेण्टको जिम्मेवारी तोकिएको निणर्य-काम कारबाही-पत्राचार कार्यान्वयन नगर्नु, यथास्थितिमा राख्नु भनी प्रत्यार्थीहरुका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।


    नेपाल सरकारको मिति २०७८ पुस १ को निणर्य अनुसार नेपाल स्वास्थ्य सेवा, जनरल हेल्थ समूह प्रमुख मेडीकल सुपरिटेण्डेट एघारौं तहमा स्थायी नियुक्ती भएका निवेदक डा. विष्णु गौतम कार्यरत रहँदा रहँदै निज भन्दा कनिष्ठ एवम् मेडिकल सुपरिटेण्डेण्टको लागि आवश्यक शैक्षिक योग्यता समेत नरहेका दशैं तहका डा.ढकाललाई अस्पतालको आर्थिक र प्रशासनिक जिम्मेवारी सहित निमित्त मेडिकल सुपरीटेण्डेण्टको जिम्मेवारी तोकिएको भन्ने देखिएकोले टुंगो नलाग्दा सम्म यथास्थितीमा राख्न सर्बोच्चले आदेश गरेको हो ।


    त्यसको लागि सर्बोच्चले यहि असार २३ गते आईतबार पेशी तोकेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij