२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमा उद्योग वाणिज्य संघका सदस्यलाई लुम्बिनी केबलकारमा छुट

तिलोत्तमा उद्योग वाणिज्य संघका सदस्यलाई लुम्बिनी केबलकारमा छुट

तिलोत्तमा उद्योग वाणिज्य संघका सदस्यलाई लुम्बिनी केबलकारमा छुट

तिलोत्तमा उद्योग वाणिज्य संघका सदस्यलाई लुम्बिनी केबलकारमा छुट

तिलोत्तमा उद्योग वाणिज्य संघका सदस्यलाई लुम्बिनी केबलकारमा छुट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघका कार्यसमिति, साधारण सदस्य र कर्मचारीले  लुम्बिनी केबलकारको टिकटमा छुट पाउने भएका छन् ।

    संघको कार्यालयमा शुक्रबार एक कार्यक्रमबीच छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । संघका अध्यक्ष ज्ञाननेन्द्र कार्की र केबलकारका अधिकृत राजन लम्सालले सम्झौतापत्रमा हस्ताक्षर गरी आदान प्रदान गरेका छन् ।

    सम्झौता अनुसार  संघका कार्यसमिति, साधारण सदस्य र कर्मचारीले  ५ सय रुपैयांमा केबलकारको दुईतर्फी यात्रा गर्न पाउने छन् ।  साथै दुई संस्थाबीच एक आपसमा व्यवसाय प्रवर्धनमा  पनि सहकार्य हुने. छ ।

    केबलकारमा  छुट पाउन संघका सदस्यहरुले संघको  अद्यावधिक परिचयपत्र टिकट काउन्टरमा देखाउनुपर्ने सम्झौतामा उल्लेख छ । 

    सो अवसरमा बोल्दै संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले  लुम्बिनी केबलकार रुपन्देहीको पर्यटन विकासको साझा सम्पति भएको र जिल्लाकमे पर्यटन विकासमा महत्वपूर्ण योृगदान दिएको भन्दै यहां पर्यटक भित्राउन संघले सबै प्रकारका सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।  केबलकारसंगको सम्झौताले संघमा आवद्ध उद्योगी व्यवसायीलाई केवलकार यात्रामा सहुलियत र सहज हुने तथा संस्थागत सम्बन्ध विस्तार भएको बताउनुभयो । अध्यक्ष कार्कीले संघको  वैठक  केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा आयोजना गरेर सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

    केवलकारका  अधिकृत राजन लम्सालले लुम्बिनी केबलकार  लुम्बिनी प्रदेशको पहिलो र नेपालको दोस्रो लामो केबलकार भएको जानकारी गराउनुभयो । सो अवसरमा संघका पदाधिकारी र कार्यसमिति सदस्यहरुको पनि उपस्थिति रहेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij