बुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटी अन्तर्गत रहेकाे स्वच्छ पश्चिमाञ्चल ट्याङ्कर इकाई कमिटीकाे तेस्राे अधिबेशन सम्पन्न भएकाे छ ।
भेलाबाट दामाेदर खरेलकाे अध्यक्षतामा १५ सदस्यीय नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटी अन्तर्गत स्वच्छ पश्चिमाञ्चल ट्याङ्कर इकाई कमिटी निर्वाचित भएकाे छ ।
जसको उपाध्यक्षमा नारायण ढकाल, सचिवमा बिष्णु ज्ञवाली, सह-सचिव राजेश बुढामगर र काेषाध्यक्षमा इश्वरी घर्ती निर्वाचित भएका छन।
सदस्यहरूमा गृजेश लाेध,सुदिप गाैड,रमेश घर्ती, ओम बहादुर लाेध, सुरेश चलाउने, ऋषि भुषाल, जीवन पुन, जय प्रकाश यादव प्रकाश भुषाल , भाेला लम्साल र सल्लाहकार प्रमुखमा राजेन्द्र चलाउने निर्वाचित भएका छन।
इकाई कमिटी अध्यक्ष नवराज पाण्डेयकाे अध्यक्षता, सचिव नारायण ढकालकाे संचालन संगठन केन्द्रीय कमिटी सल्लाहकार संयाेजक ध्यान बहादुर राईकाे प्रमुख आतिथ्यता, संगठन प्रदेश कमिटी अध्यक्ष माेहन बहादुर क्षेत्री, पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघका अध्यक्ष राकेश कुमार काैशधन, संगठन प्रदेश उपाध्यक्ष प्रकाश बस्याल, संगठन प्रदेश सचिव हुम बहादुर क्षेत्री, संगठन प्रदेश कमिटी काेषाध्यक्ष नेत्र आचार्य र प्रदेश सल्लाहकार गाेबिन्द प्रसाद कंडेल लगायतले बोलेका थिए।
साथै उक्त भेलाबाट ६० बर्ष उमेर पुगेका तथा लामाे समयसम्म संगठनमा आबद्ध रहनुहुने ९ जना चालकलाई प्रमाणपत्र, खादाका साथै जनही २१ हजारका दरले सम्मान गरिएको थियो।




