बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीले ईमानदारीता देखाउनुपर्ने र उपभोक्ता सचेत हुनुपर्ने बताएका छन ।
उपभोक्ता हित संरक्षण मंच नेपालले शनिबार बुटवलमा आयोजना गरेको व्यवसाय र उपभोक्ताको मानव अधिकार सम्वन्धी सक्षमता अभिवृद्धि कार्यक्रमलाई उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीले ईमानदारीता देखाउनैपर्ने बताएका हुन ।
प्रदेश सरकारले अनुगमनलाई तिब्रता दिन प्रदेश स्तरीय संयन्त्र निर्माण गरिने समेत बताए।
बजारमा हुने अनुचित व्यापारलाई निरुत्साहित गर्न उपभोक्ता अधिकार संरक्षणलाई बलियो बनाउनुपर्ने उनको भनाई थियो । अखाद्य बस्तुको उपभोगका कारण नागरिकको स्वास्थ्यमा नराम्रो असर परिरहेको, नसर्ने तर दिर्घरोगबाट पिडित हुनुपर्ने अवस्था रहेको भन्दै मुख्यमन्त्री आचार्यले अखाद्य बस्तुको कारोबारलाई निरुत्साहित बनाउनुपर्ने बताए ।
उपभोक्ताको अधिकार सुनिश्चित गर्न सशक्त कानूनी संरचना निर्माण, सचेतना अभियानहरु तिब्र पारिनुपर्ने, गुणस्तरीय परिक्षण र नियमनको कामलाई प्रभावकारी रुपमा अघि बढाइने समेत जानकारी दिए।
उपभोक्ताको हित संग खेलवाडगरी अनुचित व्यापार गर्नेलाई कानूनी रुपमा दण्डित गर्ने र उत्कृष्ट सेवा तथा गुणस्तरीय उत्पादन दिने व्यवसायीलाई प्रोत्साहन गर्न जरुरी रहको पनि उनको भनाई छ।
प्रदेश सरकारले सुधारका कामहरुलाई अघि बढाएको र त्यसमा नागरिक सहभागिता बढ्नुपर्ने बताए। सामाजिक सुधारका काममा सरकारले सफलता हाँसिल गरेको भन्दै मुख्यमन्त्री आचार्यले प्रदेश तहमा देखिएका कुपोषण जस्ता समस्यालाई न्यूनिकरण गर्न बिशेष पोषण कार्यक्रम सञ्चालन गरिएको समेत उनले जानकारी दिए।
यस्तै मुख्यमन्त्री आचार्यले फरक प्रसंगमा सरकारले सेवा प्रवाहलाई सुधार गर्न नयाँ कदम चालेको र त्यसमा सबैको साथ सयोग आवश्यक पर्ने पनि बताए।
राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रिय सचिव मुरारी प्रसाद खरेलको अध्यक्षता तथा प्रदेश सचिव दुर्गा गौतमको सञ्चालनमा कार्यक्रम सप्पन्न भएको थियो।
सो अवसरमा ५ जनालाई अभिनन्दन सहित सम्मान गरिएको छ। उपभोक्ता हित संरक्षण मंच नेपालका केन्द्रीय अध्यक्ष ज्योती बानिया बानियालाई राष्ट्रिय अभिनन्दन गरिएको छ।

यस्तै नवलपरासी पश्चिमको बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्याय , बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्याल, बरिस्ठ पत्रकार डिआर घिमिरे र मानवअधिकारकर्मी रिमा बिसिलाई सम्मान गरिएको मञ्चका केन्द्रिय सदस्य एवं प्रदेश कोषाध्यक्ष ऋषि आजादले जानकारी दिए।




