२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गुल्मी फोटोग्राफर संघकाे प्रथम अधिवेशनबाट न्याैपानेकाे नेतृत्व

गुल्मी फोटोग्राफर संघकाे प्रथम अधिवेशनबाट न्याैपानेकाे नेतृत्व

गुल्मी फोटोग्राफर संघकाे प्रथम अधिवेशनबाट न्याैपानेकाे नेतृत्व

गुल्मी फोटोग्राफर संघकाे प्रथम अधिवेशनबाट न्याैपानेकाे नेतृत्व

गुल्मी फोटोग्राफर संघकाे प्रथम अधिवेशनबाट न्याैपानेकाे नेतृत्व
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  •  

    गुल्मी । गुल्मी फोटोग्राफर सङ्घको प्रथम जिल्ला अधिवेशनबाट हरिलाल न्यौपानेकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे छ ।  तम्घासमा  भएकाे अधिवेशन वरिष्ठ फोटोग्राफर नन्दराम पाण्डेको प्रमुख अतिथ्यतामा भएकाे थियाे । 

    समितिकाे उपाध्यक्ष रेमलाल बस्याल, महासचिव राजकुमार सुनार, कोषाध्यक्ष मेघराज पन्थी,सचिव धनेन्द्र खत्री, सह कोषाध्यक्ष मुक्त बहादुर  ढेँगा र प्रवक्ता सुजन न्यौपाने चयन भएका छन् । सदस्यहरुमा केशव अर्याल, अर्जुन अर्याल, अशोक सोमै, प्रकाश घिमिरे, घनश्याम पराजुली, कमल लम्साल ,यादव पाण्डे , देवेन्द्र पन्थी चयन भएका छन् । बरिष्ठ सल्लाहकार नन्दराम पाण्डे, गोपाल थापा मगर र रेमलाल थापा रहेका छन् । 

    निर्वाचित अध्यक्ष न्याैपानले सबै फोटो स्टुडियो तथा फोटोग्राफी र भिडियोग्राफी पेशामा संलग्न पेशागत व्यक्तिहरू एकजुट भए मात्र यसको  व्यावसायिक प्रगति हुने बताए । उनले आगामी दिनमा गुल्मी फोटोग्राफर संघमा आबद्धहरूको हकहित सुरक्षा र संरक्षणका निम्ति हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

    कार्यक्रमका बीचमा वरिष्ठ फोटोग्राफर नन्दराम पाण्डेलाई फोटोग्राफी क्षेत्रमा पुर्‍याएको योगदानप्रति उच्च सम्मान गर्दै सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो। साे अवसरमा कोषाध्यक्ष मेघराज पन्थीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

    संस्थाका सचिव राजकुमार सुनारको सञ्चालन तथा संस्थाका सदस्य सुजन न्यौपानेले स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij