२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

आधिकारिक ट्रेड युनियन रुपन्देहीद्वारा बुटवलमा कार्यशाला

आधिकारिक ट्रेड युनियन रुपन्देहीद्वारा बुटवलमा कार्यशाला

आधिकारिक ट्रेड युनियन रुपन्देहीद्वारा बुटवलमा कार्यशाला

आधिकारिक ट्रेड युनियन रुपन्देहीद्वारा बुटवलमा कार्यशाला

आधिकारिक ट्रेड युनियन रुपन्देहीद्वारा बुटवलमा कार्यशाला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • बुटवल । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति रुपन्देहीले शासन सञ्चालनमा र प्रशासन बिचको अन्तरसम्बन्ध तथा सीमाहरू विषयक कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य सांसद , राज्यव्यवस्था तथा सुशासन समितिका सदस्य वासुदेव घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । 

    आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमितिका अध्यक्ष रमेश पाण्डेको अध्यक्षतामा कार्यशाला सुरु भएको थियो । अध्यक्ष पाण्डेले स्थानीय तहका जनप्रतिनिधि र प्रशासनिक कर्मचारीबिचको अन्तर घुलन र स्थानीय सरकार सञ्चालनका निमित्त कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । 

    आधिकारिक ट्रेड युनियन रुपन्देहीका उपाध्यक्ष तथा कार्यशालाका संयोजक भोजराज न्यौपानेले स्वागत मन्तव्य राख्दै रुपन्देही जिल्लाका १६ वटै पालिकामा कर्मचारी र राजनीतिक दलका प्रतिनिधि बिच भौतिक रूपमा उपस्थित भएर तालमेल गरी विभिन्न समस्यालाई अन्त्य गरेको बताए । 

    कार्यक्रममा राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष उत्सव न्याैपाने , नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष चक्रपाणी पाण्डे , नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष प्रेम प्रसाद खनाल लगायतले स्वागत मन्तव्य राखेका थिए । 

    कार्यक्रमका प्रमुख अतिथि सांसद घिमिरेले पछिल्लो समय कर्मचारी र राजनीतिज्ञ बिच सुमधुर सम्बन्ध स्थापित गर्न राज्य लागिपरेको बताए । उनले सुशासन स्थापित गर्न कर्मचारीले राजनीतिज्ञलाई सहयोग र राजनीतिज्ञले कर्मचारीले कोरेका खाका अनुरूप विकासमा अगाडि बढ्न मद्दत पुगेको बताए । पछिल्लो समय देशमा नयाँ शक्तिको पलायन हुँदा नयाँ शक्तिले प्रशासनिक क्षेत्रमा ध्यान नदिएको कारण सरकारले छुट्टै खाका कोरी दक्ष जनशक्ति रोक्ने प्रयास गरेको बताए । 

    कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति एवं तिलोत्तमामा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण , नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरे , बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे , बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख गुमादेवी आचार्य लगायतले मन्तव्य राखेका थिए । 

    कार्यशालामा कार्यपत्र प्रस्तुतको क्रममा इलाका प्रशासन कार्यालय बुटवलका कार्यालय प्रमुख रामचन्द्र अर्यालले नीति, योजना  बजेट ,कार्यक्रम तर्जुमा , कार्यकारी शक्ति र कार्य सम्पादन , विश्वसनीयता अभिवृद्धि , प्रशासनिक धारणा , कार्यपालिका बैठकबाट बजेट विनियोजन गर्ने परम्परा अन्त्य गर्ने , उपभोक्ता बाट काम भन्दा ठेक्काबाट गर्ने लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

    कार्यक्रमको सञ्चालन आधिकारिक ट्रेड युनियन रुपन्देहीका  सचिव राम प्रसाद शर्माको रहेको थियो ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij