२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बगनासकाली गाउँसभाबाट दुुई विधेयकसहित नौं विषयगत प्रतिवेदन पारित

बगनासकाली गाउँसभाबाट दुुई विधेयकसहित नौं विषयगत प्रतिवेदन पारित

बगनासकाली गाउँसभाबाट दुुई विधेयकसहित नौं विषयगत प्रतिवेदन पारित

बगनासकाली गाउँसभाबाट दुुई विधेयकसहित नौं विषयगत प्रतिवेदन पारित

बगनासकाली गाउँसभाबाट दुुई विधेयकसहित नौं विषयगत प्रतिवेदन पारित
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • पाल्पा ।   बगनासकाली गाउँपालिका पाल्पाको १७ औँ गाउँ सभाले दुुई विधेयकसहित नौं विषयगत प्रतिवेदन पारित गरेको छ । गाउँपालिकाको हिउँदे अधिवेशनले  वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी विधेयक, २०८१ र विनयोजन विधेयक २०८१ (वार्षिक बजेट तथा कार्यक्रम) को पहिलो संशोधन  सर्वसम्मत रुपमा पारित गरेको छ । । नेपालको संविधानमा व्यवस्था भए अनुरुप संसदीय अभ्यासका साथ आइतबार गाउँसभाको अधिवेशन सकिएको हो ।

     सभामा उपाध्यक्ष हरि प्रसाद पाठकले छलफलका लागि प्रस्तुत गरेको विनयोजन विधेयक २०८१ को पहिलो संशोधन सर्वसम्मत रुपमा पारित भएको सभाका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष सरस्वती चिदीले घोषणा गरिन् । पारित भएको संशोधन विधेयकमा आर्थिक वर्ष २०८१/०८२ को लागि गाउँपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यका निम्ति अनुसूची –१ मा उल्लेखित चालु खर्च, पूँजीगत खर्च र वित्तिय व्यवस्थापनको रकम समेत गरी ५६ करोड ९९ लाख २ हजार मात्र नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने उल्लेख गरिएको छ ।

    त्यस्तै गाउँसभामा विधेयक समितिका संयोजक उमकला अर्यालले सभामा छलफलका लागि प्रस्तुत गरेको गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी विधेयक, २०८१  पनि सर्वसम्मत रुपमा पारित भएको सभाका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष चिदीले घोषणा गरिन् ।

     गाउँ सभामा पेश भएका विभिन्न ९वटा विषयगत वार्षिक प्रतिवेदन समेत सर्वसम्मत रुपमा पारित भए । विधेयक समितिका संयोजक उमकला अर्यालले पेशको गरेको विधेयक समितिको वार्षिक प्रतिवेदन, न्यायिक समिति तथा राजस्व परामर्श समितिका संयोजक हरि प्रसाद पाठकले प्रस्तुत गरेको न्यायिक समिति र राजस्व परामर्श समितिको वार्षिक प्रतिवेदन, लेखा समितिका संयोजक कृृष्ण बस्यालले प्रस्तुत गरेको लेखा समितिको वार्षिक प्रतिवेदन पनि सर्वसम्मत रुपमा पारित भएका छन् । 

    यस्तै आर्थिक विकास समितिका संयोजक खुुमादेवी भट्टराईले प्रस्तुत गरेको आर्थिक विकास समिातिको वार्षिक प्रतिवेदन, सामाजिक विकास समितिका संयोजक गीता रेग्मीले प्रस्तुत गरेको सामाजिक विकास समितिको वार्षिक प्रतिवेदन, पूर्वधार विकास समितिका संयोजक तेजप्रसाद रसालीले प्रस्तुुत गरेको पूर्वधार विकास समितिको वार्षिक प्रतिवेदन, वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बोमलाल सुुनारले प्रस्तुुत गरेको वन वातावरण तथा  विपद् व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, सुुशासन तथा क्षमता विकास समितिका संयोजक बसन्ती थापाले प्रस्तुत गरेको सुुशासन तथा क्षमता विकास समितिको वार्षिक प्रतिवेदन समेत सर्वसम्मत रुपमा पारित भएका सभा अध्यक्ष चिदीले घोषणा गरिन् । 

     सभामा नगर सभा सदस्यहरु टिका बहादुर थापा, यमलाल तिमिल्सेना, कृष्ण बस्याल, खड्काबहादुर गाहा लगायतले विधेयक र विषयगत समितिका प्रतिवेदन माथि सुझाव दिएका थिए । गाउँसभामा । उठेका सुझाव, गुनासा र जिज्ञासा माथि उपाध्यक्ष हरिप्रसाद पाठकले सम्बोधन गर्दै छुुटेका र भएका त्रुुटिहरु  आगामी दिनहरुमा सच्याएर जाने बताए ।

     गाउँसभाले  उत्कृष्ट कर्मचारीको रुपमा स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी, सामाजिक सुरक्षा पञ्जिकरण शाखा प्रमुख भोजराज भटटराई, चापपानी स्वास्थ्य चौकी प्रमुख सिर्जना चापागाई, २ नं. वडा कार्यालय सहायक सोनु खड्का, ५ नं. वडा कार्यालय प्राविधिक अमर खाँम्चा, रोजगार शाखा प्रमुख सरिता पाण्डे, ९ नं. वडा कार्यालयका कार्यालय सहयोगी यज्ञ प्रसाद पाण्डे पुरस्कृत गर्दै सम्मान गरेको छ । सभा गाउँपालिका अध्यक्ष चिदीको अध्यक्षता र सभाका सचिव एवं प्र्रमुुख प्रशासकिय अधिकृत  खेमराज छिनालको सञ्चालनमा भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij