२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नवलपरासीमा स्थायी बन्ध्याकरण शिबिरमा तीन सय ८४ जना सेवा लिए

नवलपरासीमा स्थायी बन्ध्याकरण शिबिरमा तीन सय ८४ जना सेवा लिए

नवलपरासीमा स्थायी बन्ध्याकरण शिबिरमा तीन सय ८४ जना सेवा लिए

नवलपरासीमा स्थायी बन्ध्याकरण शिबिरमा तीन सय ८४ जना सेवा लिए

नवलपरासीमा स्थायी बन्ध्याकरण शिबिरमा तीन सय ८४ जना सेवा लिए
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • परासी । पश्चिम नवलपरासीमा परिवार नियोजनको स्थायी बन्ध्यकारण शिबिरमा तीन सय ८४ जना बन्ध्याकारण सेवा लिएका छन । स्वास्थ्य कार्यालय परासी र सुनौलो परिवार मेरी स्टोप्सको प्रबिधिक सहयोगमा संचालित शिबिर  सन्तानको रहर पुगेका तीन सय ८४ जना बन्ध्याकारण सेवा लिएका हुन ।
    स्वास्थ्य कार्यालय परासीले  मंसिर १६ गतेदेखी पुस १५ गतेसम्म एक महिने अभियानमा जिल्लाको सात वटै पालिकामा परिवार नियोजनको स्थायी बन्ध्याकारण शिविरमा उक्त सेवा लिएको स्वास्थ्य कार्यालय परासीका परिवार नियोजन निरीक्षक निरज रानाले जानकारी दिए ।
    उनको अनुसार सबैभन्दा धेरै सुस्ता र सरावल गाउँपालिकामा परिवार नियोजनको स्थायी बन्ध्यकारण गराएको बताए । जसमा सुस्ता ७४ जना सरावलमा ७४ जना र त्यस्तै प्रतापपुरमा ६८,जना रामग्राम नगरपालिकामा ६५ जना पाल्हीन्नदन ४६ जना ,बर्दघाट नगरपालिकामा ३३ जना र सुनवल नगरपालिकामा २४ जना शिबिरमा बन्ध्यकारण सेवा लिएका छन् ।
    सुनवल नगरपालिकामा २ जना पुरुष ,रामग्राम १ र बर्दघाट नगरपालिकामा १ जना पुरुष स्थायी बन्ध्याकरण सेवा लिएको परिवार नियोजन निरीक्षक रानाले बताए । उनको अनुसार जिल्लामा गतबर्षको तुलनामा यसबर्ष स्थायी बन्ध्याकरण गराउने सख्यमा कमी आएको बताए ।
    गतबर्ष आर्थिक बर्ष २०८०।०८१मा जिल्लामा चार सय २ जना जसमा पुरुष ६जना स्थायी बन्ध्याकरण सेवा लिएकोमा यसबर्षमा २०८१।०८२मा तीन सय ८४ जना सेवा लिएको स्वास्थ्य कार्यालय परासीले जानएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij