बुटवल । लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।यसअघिको सरकारले २०८० चैत २० गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा विदा दिने निर्णय भएको हो।
सो निर्णय अनुसार यो वर्षको माघी तथा माघे संक्रान्तीको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयका बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेयद्वारा जारी बिज्ञप्तिमा भनिएको छ।
प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक विदा हुनेछ। माघ १ गते संघीय सरकारले देशभर सार्वजनिक विदा दिंदै आएको छ ।




