२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सवारी दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

सवारी दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

सवारी दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

सवारी दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

सवारी दुर्घटना हुँदा ३ जनाकाे मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • बुटवल । बाँके र बर्दियामा सवारी दुर्घटना हुँदा ३ जनाकाे ज्यान गएकाे छ ।  बाँकेको नेपालगंज उपमहानगरपालिका-२० बाबाघाट पुलस्थित सडकमा राँझाबाट थपुवातर्फ जाँदै गरेको भे।२ त ११९ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-२० बस्ने २२ वर्षीय महेश बर्माको मृत्यु भएको छ ।

    यसैगरी बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहस्थित सडकमा नेपालगंजबाट जमुनाहतर्फ जाँदै गरेको भे.९ प २७९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री डुडुवा गाउँपालिका-६ कालाबन्जर घर भएका ५० वर्षीय नन्कु भन्ने शिवशंकर चौहानको मृत्यु भएको छ ।

    सोमबार साँझ मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बर्दिया, ठाकुरबाबा नगरपालिका-२ बलाती चोकस्थित सडकमा भे.११ प ८२९२ नम्बरको मोटरसाइकल र भे.११ प ४७३८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा भे।११ प ८२९२ नम्बरको मोटरसाइकल चालक ठाकुरबाबा नगरपालिका-२ बस्ने ५२ वर्षीय दिप बहादुर बस्नेतको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय नगर अस्पताल भुरिगाउँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका भे.११ प ८२९२ नम्बरको मोटरसाइकलमा सवार १ जना र भे।११ प ४७३८ नम्बरको मोटरसाइकल चालकको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको छ 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij