बुटवल । सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७४ औं शाखा तिलोत्तमा नगरपालिका वडा नं. १५ स्थित कोटिहवामा बिहीबार एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।
कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले सूर्य ज्योति लाईफ इन्स्योरेन्स बिमा क्षेत्रको उदाउँदो कम्पनी भएकोले यससंग जोडिएर बिमा गर्ने बिमितको जीवन सधै उज्यालो हुने बताए ।
उनले कम्पनीले पुस मसान्तभित्र ५ अर्ब भन्दा बढी प्रिमियम कलेक्सन गरेको र पुसभित्र वार्षिक साधारणसभा गरी बिमा प्राधिकरणलाई रिर्पोट बुझाउने पहिलो बन्न सफल भएको बताए ।
कार्यक्रममा कम्पनीका चिफ बिजनेश अफिसर फर्सुराम मरासिनीले बोल्दै बिमा गर्ने हरेक व्यक्तिको भविष्यमा आउने जोखिम बहन गर्न सजिलो हुने बताए । उनले व्यक्तिको जीवन आर्थिकसंग जोडिएकोले आर्थिकरुपमा मजबुत हुनका लागि पनि बिमा गर्नुपर्ने बताए । कम्पनीका लुम्बिनी प्रदेश प्रमुख सुशिल चापागाईं, क्षेत्रिय प्रबन्धक विकास अधिकारी, कम्पनीका स्टार एजेन्सी म्यानेजर लक्ष्मण पन्थ, राजन पोखरेल, कोटिहवा शाखाका प्रबन्धक चिरन अर्याल लगायतले वीमाको महत्वबारे अझै जनचेतना जरुरी रहेकोमा जोड दिएका थिए ।




