२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गाजामा युद्धविराम

गाजामा युद्धविराम

गाजामा युद्धविराम

गाजामा युद्धविराम

गाजामा  युद्धविराम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • गाजामा लामो समयदेखि प्रतिक्षा गरिएको युद्धविराम तीन घण्टा ढिलो गरी शुरू भएको छ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच १५ महिनाको युद्धपछि आजदेखि युद्धविराम शुरू भएको हो ।

    हमासले पहिलो चरणमा रिहा गर्ने तीन जना इजरायली महिला बन्धकको नाम सार्वजनिक गरेपछि गाजामा युद्धविराम शुरू भएको हो । हमासले ३१ वर्षीया भेटेरिनरी नर्स डोरोन स्टेनब्रेचर, २४ वर्षीया रोमी गोनेन र २८ वर्षीया एमिली डमारीको नाम सार्वजनिक गरेको हो ।

    गाजा युद्धविराम स्थानीय समयानुसार बिहान ८ बजेर ३० मिनेटमा कार्यान्वयनमा आउने भनिएको थियो । तर हमासले रिहा हुने बन्धकको सूची सार्वजनिक गर्न ढिला गरेको भन्दै इजरायली प्रधानमन्त्रीको कार्यालयले स्थानीय समयानुसार ११ बजेर १५ मिनेटदेखि युद्धविराम सम्झौता कार्यान्वयनमा आएको जानकारी दिएको बीबीसीले जनाएको छ ।

    यसैबीच इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्रीसहित दुई जना अन्य मन्त्रीले गाजा युद्धविराम सम्झौताको विरोध गर्दै सरकारबाट राजीनामा दिएका छन् ।

    यस्तै युद्धविराम शुरू हुन ढिलाइ हुँदा इजरायली आक्रमणमा कम्तीमा १९ जनाकाे ज्यान गएको छ । आक्रमणमा परी ३६ जना घाइते भएका हमासद्वारा सञ्चालित गाजा सिभिल डिफेन्स एजेन्सीले जनाएकाे छ ।

    युद्धविरामको पहिलो चरणमा ६ हप्ताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको छ । युद्धविरामको गाजावासी र बन्धक बनाइएका परिवारले स्वागत गरेका छन् भने यसलाई स्थायी शान्तिको प्रयासका रूपमा हेरिएको छ ।

    मध्यस्थकर्ता इजिप्टका अनुसार युद्धविरामको पहिलो चरणमा ३३ जना  इजरायली बन्धकको बदलामा एक हजार आठ सय ९० जना प्यालेस्टाइनी बन्दी रिहा गर्ने तयारी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij