२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुप्रिम सहकारी ठगी प्रकरण : रवि विरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि थुन छेक बहस जारी रहने भएको छ । जिल्ला अदालत रुपन्देहीमा विहिबा सरकारी वकिलहरूले ४ घण्टा बहस गरेका गरेका थिए । आज पनि सो क्रम जारी रहने र बाँकी रहेका वकिलहरुको बहसपछि रविको पक्षमा रहेका वकिलहरुले बहस गर्ने छन् । 

    न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा सहकारी पीडितको तर्फबाट आज शुक्रबार दुई जना कानुन व्यवसायीले बहस गर्नेछन् । शुक्रबार नै अभियुक्त रवि लामिछानेको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीले बहस गर्ने तयारी छ । दुवैतर्फको बहस सकिएपछि जवाफी बहस हुने रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।

    गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोग पत्रबाट लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता गरेको थियो । मुद्दामा जीबी राई, रवि लामिछानेसहित २८ जनाबाट ५५ करोडभन्दा बढी र रवि, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र रविको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij