२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सिद्धबाबा सुरुङमार्ग आज छिचोलिने

सिद्धबाबा सुरुङमार्ग आज छिचोलिने

सिद्धबाबा सुरुङमार्ग आज छिचोलिने

सिद्धबाबा सुरुङमार्ग आज छिचोलिने

सिद्धबाबा सुरुङमार्ग आज छिचोलिने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबामा निर्माण भइरहेको सुरुङमार्ग आज ब्रेक थ्रु अर्थात् छिचोलिने भएकाे छ ।

    एक हजार एक सय २६ मिटर लामो सुरुङमार्गका लागि मुख्य टनेल खनेर झण्डै साढे एक मिटर मात्रै बाँकी राखिएको छ । बाँकी भाग आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूजा गरेपछि छिचोलिनेछ ।

    यसअघि गएको मङ्गलवार नै सुरुङ छिचोल्ने गरी तयारी भएकोमा प्रधानमन्त्रीको व्यस्तताका कारण आजका लागि सारिएको थियो ।कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित अरु मन्त्री र सांसदहरु पनि सहभागी हुनेछन् ।

    सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको यो आयोजनाअन्तर्गत दुई लेनको मुख्य सुरुङमार्गको लम्बाई एक हजार एक सय २६ मिटर र चौडाई साढे १० मिटर रहेको छ । उद्धार सुरुङका रूपमा चिनिएका तीन वटै बाइपास सुरुङ यसअघि नै छिचोलिएका छन् ।

    मुख्य सुरुङ छिचोल्ने काम सकिए पनि अरू थुप्रै काम बाँकी रहने हुनाले यो ठेक्काको म्याद २०८३ सालको चैत ८ गतेसम्म रहेको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij