२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सरकारले तयार पार्‍यो एआईसम्बन्धी नीति

सरकारले तयार पार्‍यो एआईसम्बन्धी नीति

सरकारले तयार पार्‍यो एआईसम्बन्धी नीति

सरकारले तयार पार्‍यो एआईसम्बन्धी नीति

सरकारले तयार पार्‍यो एआईसम्बन्धी नीति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • काठमाडौं । सरकारले आर्टिफिसियल इन्टेजिजेन्स (एआई)सम्बन्धी नीति तयार पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कृत्रिम बौद्धिकतासम्बन्धी नीति बनाएको हो ।

    पछिल्लो समय विश्वभर नै द्रुत रूपमा एआईको विकास भएको छ । यसले सकारात्मक मात्र नभएर मानिस र समाजका निम्ति नकारात्मक प्रभाव समेत पार्न थालेको छ ।  एआईको विकाससँगै विश्वका विभिन्न मुलुकले योसम्बन्धी नीति–नियम बनाउन थालेका छन् । नेपाल सरकारले पनि एआईसम्बन्धी ऐन–कानुन बनाउन र त्यसलाई कार्यान्वयन गर्न सजिलो हुने गरी नीति ल्याउन लागेको हो ।

    सञ्चार मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले नीतिको ‘ड्राफ्ट’ तयार भइरहेको बताए । “एआईसम्बन्धी नीति तयार हुँदै छ । मन्त्रालयले फाइनल गर्नुअघि आमनागरिकको सल्लाह–सुझाव लिन आज या भोलि वेबसाइटमा ड्राफ्ट सार्वजनिक हुन्छ,” प्रवक्ता ठाकुरले बाह्रखरीसित भने ।

    मन्त्रालयको सूचना प्रविधि महाशाखाका सहसचिव अनिलकुमार दत्तले एआईसम्बन्धी नीति अन्तिम चरणमा पुगेको बताए । “एआईसम्बन्धी बन्ने काम अन्तिम चरणमा पुगेको छ । सबैको सल्लाह–सुझावपछि सहमतिका लागि अर्थ र कानुन मन्त्रालय जान्छ र त्यसपछि क्याबिनेट पठाउँछौँ,” उनले भने ।  मन्त्रालयले नीति बनाउने क्रममा सरोकारवालासँग पनि समन्वय गरेको छ । एआईसम्बन्धी नीतिमा सूचना प्रविधिका क्षेत्रमा जनशक्ति एवं पूर्वाधार विकास गर्ने विषय समेटिनेछ ।

    यस्तै, एआईसम्बन्धी सुरक्षा जोखिम र त्यसको समाधान, सम्पत्ति अधिकार, डाटा सुरक्षालगायत विषय समेटिनेछ । विभिन्न क्षेत्रमा एआईको प्रयोगको विषय पनि नीतिमा समावेश गरिनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij