२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भारतले आज ७६ औँ गणतन्त्र दिवस मनाउँदै

भारतले आज ७६ औँ गणतन्त्र दिवस मनाउँदै

भारतले आज ७६ औँ गणतन्त्र दिवस मनाउँदै

भारतले आज ७६ औँ गणतन्त्र दिवस मनाउँदै

भारतले आज ७६ औँ गणतन्त्र दिवस मनाउँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • बुटवल । आज भारतले ७६ औँ गणतन्त्र दिवस मनाउँदैछ । भारतले यस वर्ष ‘स्वर्णिम भारत–विरासत र विकास’ भन्ने नारासहित गणतन्त्र दिवस मनाइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

    गणतन्त्र दिवसको अवसरमा बिहान १० बजेदेखि नयाँ दिल्लीमा रहेको ‘कर्तव्यपथ’ मा राष्ट्रपति द्रौपदी मुर्मूले झण्डोत्तलन गर्ने तयारी छ । लगत्तै परेडमा विभिन्न प्रदेश र सरकारी विभागको झाँकी प्रदर्शन गर्ने बीबीसी हिन्दीले जनाएको छ ।

    दिवसका अवसरमा वितरण गर्न सरकारले हिजै दुईजनालाई किर्ति चक्र, १४ वटा सौर्य चक्रसहित केही वीरता पुरस्कार पाउने व्यक्ति घोषणा गरेको छ । गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रूपमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो सहभागी हुनुहुनेछ ।

    सन् १९४७ को अगस्ट १५ तारिखमा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको भारतसन् १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै गणतन्त्रात्मक देश घोषित भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij