बुटवल । लुम्विनी वाङ्मय प्रतिष्ठान बाँकेको तेस्रो अधिवेशनबाट भरत बहादुर रानाभाटको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्वसम्मतरुपमा चयन भएको छ ।
शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा चन्द्रावती अधिकारी, सचिवमा करिस्मा योगी, सहसचिवमा वालकृष्ण शर्मा र कोषाध्यक्षमा पुष्पा सुवेदी आचार्य चयन भएका छन् ।
यस्तै सदस्यहरुमा फनिन्द्र आचार्य, डम्बर विश्वकर्मा, सतिश निरौला र सुनगाभा पोखरेल चयन भएका हुन् । अध्यक्ष प्रकाश गिरी निश्चलको अध्यक्षामा सम्पन्न अधिवेशनमा कथाकार सुमित्रा न्यौपानेलाई सम्मान गरिएको थियो ।




