२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न माग गर्दै ‘एक्टर’ पुग्यो अदालत

‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न माग गर्दै ‘एक्टर’ पुग्यो अदालत

‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न माग गर्दै ‘एक्टर’ पुग्यो अदालत

‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न माग गर्दै ‘एक्टर’ पुग्यो अदालत

‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न माग गर्दै ‘एक्टर’ पुग्यो अदालत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं । चलचित्र ‘एक्टर’ निर्माणपक्षले सिनेमा ‘एक्टर : टेक वान’विरुद्ध अदालतमा रिट निवेदन दायर गरेको छ । काठमाडौं जिल्ला अदालतमा शुक्रबार (माघ ११) प्रतिलिपि अधिकार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

    “चलचित्रको नाम र कथावस्तु दुवै मिलेको भन्दै चलचित्र एक्टर : टेक वानविरुद्ध मुद्दा दर्ता भएको छ,” काठमाडौं अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले बाह्रखरीसँग भने । दुवै पक्षलाई छलफलका निम्ति यही माघ १५ गते अदालतमा बोलाइएको उनले जानकारी दिए ।

    रिटमा ‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न माग गरिएको छ । ‘एक्टर : टेक वान’ माघ १६ गते रिलिज हुने तय छ । अदालतमा मुद्दासँगै यो चलचित्रको बुकिङ खुला गर्ने/नगर्ने भन्नेमा अन्योल देखिने भएको छ ।

    ‘एक्टर’लाई मदन घिमिरेले निर्देशन गरेका थिए । उक्त चलचित्र रिलिज भइसकेको छ । ‘एक्टर’मा प्रिन्स थापा, कशिस दाहाल, सरोज खनाल, शिवु शाह, मनीषा पाण्डे, निशा केसी भण्डारी, महेन्द्र मैनालीलगायत कलाकारको अभिनय थियो ।

    ‘एक्टर : टेक वान’लाई राजन भुसालले निर्देशन गरेका छन् । यो चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइरालालगायत कलाकारको अभिनय छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij