२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

हिउँदे अधिवेशन : पहिलो बैठकमा प्रधानमन्त्री र शीर्ष नेताले सम्बोधन गर्ने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं । आगामी शुक्रबारबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । बैठक तयारीका लागि सभामुख देवराज घिमिरेले आज आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । 
     
    सभामुख घिमिरेले हिउँदे अधिवेशन, विधेयक, सरकारको तयारीलगायत विषयमा सचेतकहरूसँग छलफल गरेका हुन् । 

    आजको बैठकमा सरकारले ल्याउने विधेयकको तयारीबारे सभामुखले छलफल गरे । आगामी संसद् अधिवेशन प्रभावकारी बनाउन पहल गर्न पनि उनले सचेतकहरूलाई आग्रह गरे । 

    माघ १८ गते दिउँसो १ बजेका लागि बोलाइएको पहिलो दिनको बैठकलाई प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ । समितिको बैठक नियमित बस्न र विचाराधीन विधेयकलाई टुंगोमा पुर्‍याउन पनि सभामुखले आग्रह गरेका छन् । 

    यसैबीच सत्तारुढ दल एमालेले १५ गतेका लागि संसदीय दलको बैठक बाेलाएकाे छ । बैठक दिउँसो १ बजे ल्होत्से हलमा बस्ने गरी बोलाइएको बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij