२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

‘स्कुल शिक्षामा किन प्रविधि ?’ विषय बुटवल कन्फ्रेन्स हुँदै

‘स्कुल शिक्षामा किन प्रविधि ?’ विषय बुटवल कन्फ्रेन्स हुँदै

‘स्कुल शिक्षामा किन प्रविधि ?’ विषय बुटवल कन्फ्रेन्स हुँदै

‘स्कुल शिक्षामा किन प्रविधि ?’ विषय बुटवल कन्फ्रेन्स हुँदै

‘स्कुल शिक्षामा किन प्रविधि ?’ विषय बुटवल कन्फ्रेन्स हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • बुटवल । नेपालको शिक्षालाई डिजिटल रुपान्तरको अभियानमा लैजाने गरि सरोकारवालाहरुलाई नबिनतम जानकारी दिने गरि बुटवलमा शनिबार बुटवल कन्फ्रेन्स हुने भएको छ । नेपाल स्टिम एलायन्सको आयोजनामा कोडिङ ओलम्पिक नेपाल, लुम्बिनी वल्र्ड स्कुल, जिनियस टकको सहकार्यमा एक दिने ‘स्कुल शिक्षामा किन प्रविधि ?’ भन्ने बुटवल कन्फ्रेन्स हुन लागेको हो ।

    बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि सचेतना जगाउने गरि महत्वपूर्ण कार्यक्रम गर्न लागेको नेपाल स्टिम एलायन्सका कार्यकारी अधिकृत सुशील बुढाथोकीले बताए । विज्ञहरु डा रामहरि लामिछाने, मगोलिका चक्रवति, सुशील बुढाथोकीबाट सहजिकरण गर्ने कार्यक्रममा डिजिटल शिक्षा र प्रविधि समावेशीकरण, अभिभावक र शिक्षकहरुलाई सशक्त बनाउने पहल, विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणित क्षेत्रमा करियर मार्गचित्र, नीति निर्माताहरुसंग डिजिटल युगमा नेपालको शैक्षिक रणनीतिबारे छलफल हुने उनले बताए ।

    कार्यक्रममा कक्षा १० देखी १२ सम्मका विद्यार्थी, विद्यालयका शिक्षक तथा प्रशासकहरु, अभिभावकहरु, नीति निर्माता जनप्रतिनिधिहरु तथा सरकारी अधिकारीहरु गरि करीब ८ सय सहभागी हुने उनले बताए । यस क्षेत्रका विद्यालयहरुको अवस्था मुल्याकन गरि चार वर्षको अन्तरालमा यो कार्यक्रम चलाउन लागेको उनले बताए । ‘प्रविधिसंगै अवार्नेसलाई जोड दिएका छौ ।’–उनले भने ।

    कार्यक्रममा लुम्बिनी वर्ड स्कुलका प्रधानाध्यापक विष्णु ढकालले शिक्षामा डिजिटल रुपान्तरणको आन्दोलनलाई सशक्त बनाउन आवश्यक रहेको बताए । पछिल्लोसमय केही वर्ष गरिएको सहकार्यबाट विद्यालयमा धेरै सकारात्मक परिणाम आएको उनले दाबी गरे । प्रोफेसनल डेभलोपमेन्टको रुपमा यसलाई लिन सकिने उनले बताए । नेपालमा विद्यालय शिक्षालाई प्रविधिसंग जोड्ने पाठ्यक्रमको समस्या रहेको उनले दुखेसो गरे ।

    यसैबिच लुम्बिनी कोडिङ ओलम्पियाड २०८१ को घोषणा गरेको नेपाल स्टिम एलायन्सका हेड अफ एकेडेमिक्स दिपर्सन श्रेष्ठले बताए । फागुन ३ गते हुने सो कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरि कन्फ्रेन्स, कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लक्षित गरि प्लस टु नेशनल कोडिङ ओलम्पियाड समेत गर्ने उनले बताए । यसबाट विद्यार्थीहरुलाई कम्प्युटर साईन्स र प्रविधिको क्षेत्रमा आफनो क्षमताको परिक्षण गर्न, नया सीप सिक्न र अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न अवसर प्रदान गर्ने उनले बताए । हालसम्म आफुहरुले ४ वर्षमा १५०० जनालाई सशुल्क अनलाईन र विद्यालयमा प्रत्यक्ष १ महिनादेखि १० महिनासम्मको कक्षा दिएको तथा आवर अफ कोड क्लास ३ हजार जनालाई ४ दिनसम्म सिकेका बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij