२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि

निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि

निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि

निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि

निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • नेपालगन्ज। पश्चिम नेपालमा सबैभन्दा बढी बाघ रहेको निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ लगायतका गैंडा, हात्ती र अन्य वन्यजन्तु हेर्न आउने पर्यटकको संख्या बढेको छ । 

    अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा गत आर्थिक वर्ष २०८०–८१ मा त्यहाँ आउने पर्यटकको संख्यामा ११ प्रतिशतले वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । 

    निकुञ्जका अनुसार बाघ अवलोकनका लागि प्रख्यात मानिने सो निकुञ्जमा अघिल्लो आर्थिक वर्ष २०७९–८० को भन्दा गत आर्थिक वर्ष २०८०–८१ मा एक हजार ८०७ जना पर्यटक बढी आएका थिए । 

    निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार सो निकुञ्जमा अघिल्लो आर्थिक बर्ष २०७९–८० मा १६ हजार ७२२ नेपाली, ६ हजार ३८३ विदेशी र एक हजार २१९ सार्क मुलुकका नागरिकहरूले निकुञ्ज भ्रमण गरेका थिए । गत आर्थिक बर्ष २०८०–८१ मा १८ हजार १० जना नेपाली, छ हजार ६८४ जना विदेशी र एक  हजार ४३७ जना सार्क मुलुकका गरी २६ हजार १३१ जना पर्यटकहरू निकुञ्ज घुम्न आएका थिए । 

    निकुञ्जमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाली, विदेशी र सार्क मुलुकका पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको थियो । उनले बर्दिया राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी राजस्व संकलन पर्यापर्यटनबाट हुने गरेको तथ्यांकले पुष्टि गरेको छ । 

    गत आर्थिक वर्ष २०८०–८१ मा सबैभन्दा बढी दुई करोड ८४ लाख चार हजार ५०० रुपियाँ पर्यापर्यटनबाट संकलन भएको बताउनुभयो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा पनि पर्यटकहरूको संख्यामा वृद्धि हुने देखिएको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । 

    गत वर्षहरूको तुलनामा पर्यटकहरू र उहाँहरूबाट संकलन हुने राजस्व दुबैमा वृद्धि भएको पाइएको छ । नेपालीहरू पनि पर्यटकीय क्षेत्र घुम्नका लागि आउनेक्रम बढेको निकुञ्जले जनाएको छ । सहजै बाघ हेर्न सकिने भएको हुनाले पर्यटकहरू बर्दिया राष्ट्रिय निकुञ्ज आउने गरेको जनाइएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij