२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भारतको धार्मिक कार्यक्रममा भागदौड : ज्यान गुमाउनेको सङ्ख्या १ सय १६ जना पुग्यो

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ २० २०८१
बुधवार, आषाढ २० २०८१
  • एजेन्सी। भारतको उत्तर प्रदेश हाथरसमा आयोजना भएको एक धार्मिक कार्यक्रममा भागदौड हुँदा एक सय १६ जनाले ज्यान गुमाएका छन् । हिन्दूको सत्सङ्ग कार्यक्रममा भएको घटनामा अरू धेरै मानिस घाइते भएकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बीबीसीले जनाएको छ ।

    ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका रहेका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार कार्यक्रमका कथावाचक भोले बाबा भनिने गुरुको प्रवचन सुन्न हजारौंको सङ्ख्यामा जम्मा भएको भिडमा भागदौड भएको थियो ।

    यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको छानबिन गर्न आदेश दिएका छ्न । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले हाथरस घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका थिए ।  

    उत्तर प्रदेश सरकारले पनि मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij