२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अंश दाबी नगरेर एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

अंश दाबी नगरेर एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

अंश दाबी नगरेर एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

अंश दाबी नगरेर एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

अंश दाबी नगरेर एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटासँग अंश दाबी नगर्ने गरी एलिनाले वारेसमार्फत शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गराएकी हुन् ।

    अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, उनले पति विष्णुसँग अंश र मानाचामलको हकदाबी गरेकी छैनन् ।एलिना झापाकी हुन् । उनले ०८१ वैशाख १ मा बागलुङका विष्णुसँग विवाह गरेकी थिइन् । विष्णु अस्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका छन् ।

    फिरादपत्रमा एलिनाले आफूले कार्यक्रममा सहभागी हुन जाँदा विष्णुले शंका गर्ने गरेको उल्लेख गरेकी छन् । "कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्‍याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो, त्यस्तैमा तीन महिनाको बसाइपछि म नेपाल फर्किएँ," उनले भनेकी छन् ।

    उनले अगाडि भनेकी छन्, "नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने देखी म फिरादी र विपक्षी पति बीच भावनात्मकरूपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजीरूपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहन् बस्नुभन्दा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ९५(ग) का आधारमा सम्बन्धविच्छेद गरी स्वतन्त्र भई आआफ्नो जीवन बिताउन श्रेयष्कर लागेकाले निज विपक्षीबाट अंश तथा मान चामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु । विपक्षील यस सम्मानित अदालतमा झिकाई जे जो प्रमाण बुझ्नुपर्छ बुझी हामीबीच कायम रहेको पतिपत्नीको नाता सम्बन्धविच्छेद गराई पाऊँ ।"

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij