नवलपुर। नवलपुरकाे कावासाेती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष ३७ बर्षीय तावाराक अहमद मिँयाकाे निधन भएकाे छ ।
उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । आज एमालेकाे आजबाट शुरू भएकाे युवा संगठन राष्ट्रिय युवा संघ नवलपुरकाे १० औं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य राखिसकेपछि उनी अचानक बेहाेस भएका थिए ।
ईलाका प्रहरी कार्यालय गैडाकाेट नवलपुरका अनुसार २:३० तिर बेहाेस भएका उनलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेच भरतपुरमा लगिएकाेमा १४:४४ बजे चिकित्सकले मृत घाेषणा गरेकाे थियाे । उनी राष्ट्रिय युवा संघ नवलपुरका सहसचिव पनि थिए ।
उनकाे निधन पछि अधिवेशन स्थगित भएकाे युवा संघका केन्द्रीय सदस्य मदन गिरीले बताए ।
शनिवार दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयाघातका कारण मियाको मृत्यु भएको युवा सङ्घका केन्द्रीय सदस्य मदन गिरीले बताए ।३७ वर्षका मियाका श्रीमती, तीन छोरी र एक छोरा छन् ।




