२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

तिलोत्तमा १६ मा बालबालिकालाई उद्धोषण तालिम

तिलोत्तमा १६ मा बालबालिकालाई उद्धोषण तालिम

तिलोत्तमा १६ मा बालबालिकालाई उद्धोषण तालिम

तिलोत्तमा १६ मा बालबालिकालाई उद्धोषण तालिम

तिलोत्तमा १६ मा बालबालिकालाई उद्धोषण तालिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा १६ मा बालबालिकाहरुका लागि ३ दिने उद्धोषण तालिम प्रदान गरिएको छ ।बालमैत्री स्थानीय शासन समिति तिलोत्तमा १६ रुपन्देहीको आयोजनामा बाल समूह तथा वाल संजाल समूहका बाललिकाहरुका लागि ३ दिने तालिम प्रदान गरिएको हो । 


    समापन समारोहमा बोल्दै तिलोत्तमा नगरपालिका १६ का वडा सदस्य माया चौधरीले वालवालिकाहरुलाई सिप सिकाउनु महत्वपूर्ण रहेको बताउँदै व्यवहारिक सिपले बालबालिकालाई आत्मनिर्भर बनाउने बताईन् ।  वडा सदस्य हुम बहादुर गाहले बालमैत्री शासन लागु भएको तिलोत्तमा नगरपालिकामा बालबालिकाको हित तथा क्षमता बिकासमा बिभिन्न कार्यक्रमहरु भईरहेको बताए । 

    यस्तै वडा सदस्य जानकी सुनारले वालमैत्री भएसंगै बालबालिकामा गरेको लगानीले ल्याउँछ सुनौलो बिहानी भन्ने नारा प्रभावकारी बन्दै गईरहेको बताईन् । माघ १६, १७ र १८ गतेसम्म सञ्चालन भएको तालिम सञ्चारिका समूह रुपन्देहीका सचिव पूजा पन्थीले प्रशिक्षण प्रदान गरेकी थिईन् । 

    नवसोच पवित्र आमा समूहको सभाहलमा भएको तालिममा ५० जना बालबालिकाहरु सहभागि रहेको सहजकर्ता चन्दा घिमिरेले जानकारी दिईन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij