२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

शिक्षामा प्रविधि एकीकरणको नयाँ आयामस्वरुप बुटवल सम्मेलन सम्पन्न

शिक्षामा प्रविधि एकीकरणको नयाँ आयामस्वरुप बुटवल सम्मेलन सम्पन्न

शिक्षामा प्रविधि एकीकरणको नयाँ आयामस्वरुप बुटवल सम्मेलन सम्पन्न

शिक्षामा प्रविधि एकीकरणको नयाँ आयामस्वरुप बुटवल सम्मेलन सम्पन्न

शिक्षामा प्रविधि एकीकरणको नयाँ आयामस्वरुप बुटवल सम्मेलन सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • बुटवल। शिक्षामा प्रविधि एकीकरणको नयाँ आयामस्वरुप बुटवल सम्मेलन सम्पन्न भएको छ। नेपाल स्टेम एलायन्सद्वारा आयोजित बुटवल सम्मेलन २०२५ दियालो फुडल्याण्ड, कालिकानगर, बुटवलमा भएको थियो।कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका पूर्व मन्त्री विष्णु पन्थीले गरेका थिए। पूर्वमन्त्री पन्थीले नयाँ प्रविधिहरूलाई शिक्षण पद्दतिमा समावेश गर्न नीति परिवर्तनको आवश्यकताको महत्त्वलाई स्वीकार गरे।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका नव-निर्वाचित प्याब्सन अध्यक्ष लालहरी पाण्डेले विद्यालयहरूले नयाँ प्रविधिहरूलाई अवलम्बन गर्न आवश्यकताहरू बारेमा प्रकाश पारेका थिए।।सम्मेलनको औपचारिक सुरुवात गर्दै नेपाल स्टेम एलायन्सका प्रमुख सल्लाहकार राजेन्द्र घिमिरेले शिक्षामा प्रविधिको भूमिकाका बारेमा चर्चा गरेका थिए।

    कार्यक्रममा शिक्षाविद डा. राम हरि लामिछानेले विद्यार्थीहरूको जीवनमा प्राविधिक सीपहरूको लक्ष्य र भूमिका विषयमा प्रस्तुतीकरण गरेका थिए।नेपालको आइबी कार्यक्रमका प्रशिक्षक मंगोलिका चक्रवर्तीले कक्षा कोठामा प्रगतिशील शिक्षण सिकाइ पद्दति को बारेमा चर्चा गर्दै नवीनतम शिक्षण विधिहरूको बारेमा जानकारी गराएका थिए।

    नेपाल स्टेम एलायन्सका शैक्षिक प्रमुख दिपर्सन श्रेष्ठले बुटवलका विद्यार्थीहरू मानवी र प्रवेश द्वारा तयार गरिएका प्रोजेक्टहरू उजागर गर्ने विशेष सत्र संचालन गरेका थिए नेपाल स्टीमएलाएन्सका सस्थापक एवम प्रमुख कार्यकारी अधिकृत सुशील बुढाथोकीले आधुनिक विश्वमा कोडिङ र प्राविधिक सीपहरूको प्रवृत्ति तथा बुटवलसँगको तुलना विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

    कोडिङ ओलम्पियाड नेपालका कार्यक्रम संयोजक सुसन डंगोल ले कोडिङ ओलम्पियाड नेपाल को यात्रा प्रस्तुत गर्नुभयो र कोडिङ ओलम्पियाड नेपाल २.० को आधिकारिक रूपमा सुरुवात गरेका थिए। कोडिङ ओलम्पियाड नेपाल २.० यहि  फागुन ३ आयोजना हुने जनाईएको छ। 

    सम्मेलनको समापन गर्दै लुम्बिनी वर्ल्ड स्कूलका प्रधानाध्यापक  विष्णु प्रसाद ढकालले कोडिङ कक्षा स्कुल पाठ्यक्रमको सफल कार्यान्वयनको आफ्नै लुम्बिनी वर्ल्ड स्कुलको दुई बर्षको अनुभव सुनाएका थिए।सम्मेलनले शिक्षक, विद्यार्थी, नीति निर्माताहरू, तथा उद्योग नेताहरूलाई शिक्षामा प्रविधिको एकीकरणका विषयमा छलफल गर्न एक मंच प्रदान गरेको दाबी आयोजकको छ।

     
    कार्यक्रमको सञ्चालन फागुन एआई का सीईओ तथा नेपाल स्टेम एलायन्सका प्रविधि तथा मार्केटिङ सल्लाहकार सौगात बास्तोलाले गरेका थिए।बुटवल सम्मेलन २०२५ को सफल आयोजना संगै, नेपाल स्टेम एलायन्स ले प्रविधि शिक्षामा रहेको खाडललाई कम गर्दै विद्यार्थीहरू र शिक्षकहरूलाई नवीनतम डिजिटल युगमा अघि बढ्न आवश्यक सीप प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ। यस कन्फेरेन्समा ६०० भन्दा बढीको उपस्थिती रहेको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij