दशरथ घिमिरे/दाङ।केन्द्रिय राजनीतिमा समिकरणमा आउने फेरवदलको असर प्रदेश तहमा हलचल सुरु भएको छ । गत चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएपछी नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आफ्नो नेतृत्वमा सरकार बनाएका थिए।
सरकार बनेको तीन महिना पनि पुरा समय पुगेको छैन् । तर, केन्द्रिय राजनीतिमा नयाँ समिकरण बनेपछी त्यसको असर प्रदेश तह सम्म आईपुगेको छ ।
प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको चरणमा २०७९ पुस २७ गते एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, केन्द्रिय राजनीतिमा भएको समिकरण फेरवदलको असर उनको नेतृत्वको सरकारलाई प¥यो ।
लिला गिरी नेतृत्वको सरकार ढलेपछी २०८० बैशाख १४ गते कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार गठन हुन पुग्यो । यो सरकार पनि लामो समय चलेन । चैत २३ गते अर्काे सरकार बन्न पुग्यो । माओवादी संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्रीमा नियुक्त भए ।
दोस्रो कार्यकालको पहिलो सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहित राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन थियो ।
दोस्रो सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहित जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)को समर्थन थियो । अहिले रहेको सरकारलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकिकृत समाजवादी, जसपा नेपालको समर्थन रहेको छ ।
तर, पार्टी विभाजन पछी जसपा प्रदेश सभा सदस्य रहेका दुई जना लागेका छन् । जसको वर्तमान सरकारलाई समर्थन छ । जसपा नेपालको तर्फबाट प्रदेश सभा सदस्य अम्बिका काफ्लेले समर्थन फिर्ता लिएकि छन।
अव वर्तमान सरकारका मुख्यमन्त्री जोखबहादुर महरालाई विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यता आईलागेको छ । असार ९ गते जसपा नेपालले समर्थन फिर्ता लिएको थियो भने साउन ९ गते भित्र विश्वासको मत लिनुपर्ने अवस्था छ ।
नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ राजनीतिक समिकरण बनेपछी त्यसको असरले गर्दा प्रदेश सरकारहरु फेरिने अवस्थामा पुगेका छन् ।
लुम्बिनी प्रदेशको नेतृत्व गर्नेगरी दलहरुले भागबण्डा गरेका छन् । जस अन्तरगत लुम्बिनी प्रदेशमा एमालेले सरकार बनाउने छ । तर, अझैं परिपक्व परिस्थितीको पर्खाइमा दलहरु छन् ।
आत्तिहाल्नुपर्ने, हतार गरिहाल्नुपर्ने अवस्था नरहेको नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए।
नेपाली कांग्रेसले पनि नयाँ सरकार गठनको बारेमा केन्द्रको निर्देशन कुर्ने भएको छ । नयाँ समिकरण अनुसार प्रदेशमा सरकार बन्ने तर माथिलाई हेरेर बसेका नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार बनाउनका लागि ४४ प्रदेश सभा सदस्यको समर्थन आवस्यक पर्दछ । एमालेका २९ र नेपाली काग्रेसका २७ गरी ५६ सदस्यको स्पष्ट बहुमत देखिन्छ ।
माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्तिका चार–चार, जनमत, र लोसपाका तीन–तीन, जसपाका दुई, जसपा नेपाल, जनमोर्चा र एकीकृत समाजवादीका एक–एक तथा एक जना स्वतन्त्र सांसद छन् ।




