भैरहवा ।गौतम बुद्धको प्रवेसद्धाराको रुपमा रहेको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ५७ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाउने भएको छ । नगरपालिकाले माघ २२ गते स्थापना दिवस मनाउने भएको हो ।
वि.स २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो । तत्कालीन श्री ५ को सरकारद्वारा दश हजार सात जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायत नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ । उक्त राजपत्रको नगरपालिकाको कार्यालयले खोज गरेको थियो ।
स्थापना दिनको प्रमाण स्वरुप अदालतमा प्रकाशित राजपत्र फेला परेपछि सोही राजपत्रको आधारमा कार्यालयले माघ २२ गते स्थापना दिवस मनाउन लागेको सिद्धार्थनगर नगरपलिकाका नगर प्रमुख ईस्तियाक अहमद खाँले जानकारी दिए ।उनका अनुसार दिवसको अवसरमा कार्यालयले विभिन्न संघसंस्था, नगरबासीहरुको सहभागितामा नगरमा प्रभातफेरी, शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो । र्यालीमा विद्यार्थीलाई भने सहभागीता नगराउने भएको छ ।
सामुदायीक एवं संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरु आफ्नो पोशाक र ब्यानर सहित सहभागी हुने तर विद्यार्थीहरुलाई भने र्यालीमा सहभागी नगराउने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए ।
उनका अनुसार नगरभित्र रहेका अन्य सघंसंस्था र आम नगरवासिलाई र्याली तथा मुल समारोहमा उपस्थितीकोलागी आह्वान समेत भएको छ । कार्यक्रम माघ २२ गते बिहान १० बजे नगरपालिकाको कार्यालयमा जम्माभै बैंकरोड, देवकोटा चोक हुदै महेन्द्र सभागृहमा पुगेर शुभकामना आदान प्रदानमा परिणत हुने स्थापना दिवस मुल समारोह सयोंजक एवं वडा नं २ का अध्यक्ष छेदिलाल श्रीवास्तवाले बताए ।
स्थापनाको अवसरमा २१ २२ गते साँझ दिप प्रजव्लन गर्ने र नगरवासिलाई समेत दिप प्रजव्लन गर्न नगरपालिकाले आग्रह गरेको उप प्रमुख उमा अधिकारीले जानकारी दिईन् । स्थापना दिवसको कार्यक्रमलाई भब्य र सभ्य रुपमा मनाउन तयारी तिव्र पारिएको समेत उनले बताईन् ।
स्थापना दिवसको अवसरमा नगरपालिकाले आईतवार जनप्रतिनिधी, कर्मचारी र पत्रकार बिच मैत्रीपुर्ण क्रीकेत तथा महिला जनप्रतिनिधी र महिला कर्मचारी बिच मैत्रीपुर्ण फुटसल प्रतियोगीता राखीएको खेल सयाेंजक एवं वडा नं ६ का अध्यक्ष बिरेन्द्र श्रीवास्तवले जानकारी दिए ।




