२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

भित्रिँदै अर्को प्रणाली, पश्चिममा वर्षा हुने

भित्रिँदै अर्को प्रणाली, पश्चिममा वर्षा हुने

भित्रिँदै अर्को प्रणाली, पश्चिममा वर्षा हुने

भित्रिँदै अर्को प्रणाली, पश्चिममा वर्षा हुने

भित्रिँदै अर्को प्रणाली, पश्चिममा वर्षा हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं । देशका केही स्थानमा आउँदो मंगलबार (माघ २२) वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । उक्त दिन पश्चिम नेपालका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने महाशाखाका मौसमविद् डेभिड ढकालले बताए । पानी पार्ने अर्को पश्चिमी न्यूनचापीय प्रणाली भित्रन लागेको र त्यसको प्रभावले वर्षा र हिमपात हुने उनले जानकारी दिए ।


    “पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा हुने देखिएको छ,” उनले बाह्रखरीसित भने, “त्यसको प्रभाव विशेष गरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीसम्म पर्ने देखिन्छ ।”तत्कालको अवस्थाबाट हेर्दा त्यस दिन वाग्मतीमा केही बदली (आकाशमा बादल)को सम्भावना छ । वाग्मतीमा वर्षाको सम्भावना भने नदेखिएको उनले बताए ।

    “धेरै असर गर्ने ठूलो प्रणाली होइन,” उनले भने, “यसअघिकै जस्तो हल्का वर्षा र हिमपातको सम्भावना छ ।”ती चार प्रदेशका धेरै स्थानमा मंगलबार बिहानैदेखि आकाशमा बादल हुने सम्भावना छ । वर्षा भने चारै प्रदेशका केही स्थानमा मात्र हुने पूर्वानुमान गरिएको उनले स्पष्ट पारे । “बदली ती प्रदेशका सबैजसो ठाउँमा हुने सम्भावना छ,” उनले भने, “वर्षा सबै ठाउँमा हुने होइन ।”

    त्यस दिन लुम्बिनीबाहेक पश्चिम नेपालका अरू प्रदेशका केही हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । “त्यसपछिको मौसमबारे हामी भोलि (सोमबार) जानकारी गराउँछौँ,” मौसमविद् ढकालले भने, “हामीले दैनिक तीन दिनको मौसम पूर्वानुमान गर्दै आएका छौँ ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij