२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रदेश स्थापना दिवस आज मनाइंदै, प्रदेशभर सार्वजनिक बिदा

लुम्बिनी प्रदेश स्थापना दिवस आज मनाइंदै, प्रदेशभर सार्वजनिक बिदा

लुम्बिनी प्रदेश स्थापना दिवस आज मनाइंदै, प्रदेशभर सार्वजनिक बिदा

लुम्बिनी प्रदेश स्थापना दिवस आज मनाइंदै, प्रदेशभर सार्वजनिक बिदा

लुम्बिनी प्रदेश स्थापना दिवस आज मनाइंदै, प्रदेशभर सार्वजनिक बिदा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदैछ । आज सोमवार आठौं स्थापना दिवस उत्सवको रुपमा मनाउन थालेको हो । प्रदेश सभा सचिवालय परिसरमा मुल समारोहको आयोजना गरिँदैछ । प्रदेश प्रमुखको बिशेष उपस्थितिमा हुने मुल समारोह अघि बाजागाजासहितको झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरुका स्टलहरूसमेत राखिने छन् ।

    स्थापना दिवसलाई उत्सवमय बनाउन माघ २२सम्म  प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेशस्थित सबै कार्यालयमा दिपावलीगरी मनाउने कार्यक्रम राखिएको छ । शितगंगा नगरपालिका, लमही नगरपालिका, शिवराज नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, सरुमारानी गाउँपालिकाले आ–आफ्नो क्षेत्रभित्रको कला, संस्कृति र भेषभुषा सहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।

    झाँकीहरूको वीचमा प्रतिस्पर्धा गरिने र प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रदेश स्थापना दिवसमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ । लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो । प्रदेश सरकारले दुई वटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको हो ।

    प्रदेश सरकारले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रमुख प्राथमिकतामा राखेको दावी गरेको छ ।  कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार विकासलाई समृद्ध लुम्बिनी, आत्म निर्भर प्रदेशको आधार बनाएर अघि बढेको प्रदेश सरकार नागरिकको भरोसा जित्न सफल भएको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, सामाजिक सशक्तिकरण तथा सामाजिक सुरक्षा लगायतका काममा प्रदेश सरकारले काम गर्दै आएको भनाई उनको भनाइ छ ।

    प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश अहिले देखिने, अनुभवगर्न सकिने र नागरिकको दैनिकजीवनसंग जोडिन सफलभएको बताएका छन् । नागरिकको विकास प्रतिको तिब्र आकांक्षा पुरा गर्न, बनेका ऐन नियम तथा कानुनको पूर्ण कार्यान्वयन गर्न, प्रदेशको दिगोपना लगायत साझा सरोकारका मुद्धामा सबैसंग समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्न चाहेको मुख्यमन्त्रीको भनाई छ ।

    सभामुख तुलाराम घर्तीमगरले संघीय शासन प्रणालीको नयाँ संरचनाको रुपमा रहेको प्रदेशलाई स्थापित गर्न सरकारले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार लगायतका सुविधा आधारभूत तहमा पराउन  जरुरी रहेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij