२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

फिस्लिङ नजिक कार र ट्रक ठोक्किए, सडक एकतर्फी

फिस्लिङ नजिक कार र ट्रक ठोक्किए, सडक एकतर्फी

फिस्लिङ नजिक कार र ट्रक ठोक्किए, सडक एकतर्फी

फिस्लिङ नजिक कार र ट्रक ठोक्किए, सडक एकतर्फी

फिस्लिङ नजिक कार र ट्रक ठोक्किए, सडक एकतर्फी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • काठमाडौं । पृथ्वी राजमार्गमा ट्रक र कार ठोक्किंदा एक जना महिला घाइते भएकी छन् । दुर्घटनापछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।

    चितवनको इच्छाकामना गाउँपालिका३ पानीधारा भन्ने ठाउँमा काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख १७५४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२७ च ४००० नम्बरको कार ठोक्किएको हो ।

    दुर्घटनामा कारमा सवार रुपन्देहीको देवदह नगरपालिका-४ की ५० वर्षीया मायादेवी उपाध्याय घाइते भएको प्रहरी चौकी मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

    उपाध्यायको टाउकोमा चोट लागेको छ । तर, अवस्था सामान्य रहेको प्रहरी निरीक्षक भण्डारीले बताइन् । उनलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ । कार चालक पनि उनको उपचारका लागि गएका छन् ।

    प्रहरी निरीक्षक भण्डारीका अनुसार कारले ओभरटेक गर्ने क्रममा ठोक्किएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij