२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गुल्मी सिर्सेनी समाज रुपन्देहीको दोश्रो अधिबेशन सम्पन्न

गुल्मी सिर्सेनी समाज रुपन्देहीको दोश्रो अधिबेशन सम्पन्न

गुल्मी सिर्सेनी समाज रुपन्देहीको दोश्रो अधिबेशन सम्पन्न

गुल्मी सिर्सेनी समाज रुपन्देहीको दोश्रो अधिबेशन सम्पन्न

गुल्मी सिर्सेनी समाज रुपन्देहीको दोश्रो अधिबेशन सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • बुटवल । गुल्मी सिर्सेनी समाज रुपन्देहीको यहि माघ १९ गते शनिबारको दिन  बुटवलको देविनगरमा सम्पन्न तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले भिष्म राज अर्यालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन  गरेको छ ।

     जसको वरिष्ठ उपाध्यक्षमा ऋषि भट्टराई ,  महिला उपाध्यक्षमा गंगा खड्का कुँवर ,सचिवमा जयन्त घर्ती  , कोषाध्यक्षमा ज्ञानु अर्याल र सदस्यहरुमा बिपना नानु अर्याल ,डा शिसिर अर्याल  ,टेक राज अर्याल र  विष्णु पुरी सर्वसम्मत रुपमा चयन भएका छन् ।

    रोमलाल पुरीको संयोजकत्वमा गठन भएको निर्वाचन मण्डलले सर्वसम्मत रुपमा नया कार्यसमिति चयन गरेको हो ।

    कार्यक्रम मदाने गाउँपालिका ३ सिर्सेनिका पुर्व वडाध्यक्ष नारायण  घर्तीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा अथिति , समाजका प्रमुख सल्लाहकारको उपस्तिथि रहनुका साथै शुभकामना मन्तव्य दिएका थिए ।

    कार्यक्रममा  बिशिष्ठ सदस्य ,आजीवन सदस्य , साधारण सदस्य तथा  गुल्मीको सिर्सेनी बाट रुपन्देही आएर बिभिन्न पेशा व्यवसाय आवद्ध उल्लेख्य सर्वसाधारणको उपस्थिति रहेको थियो ।

    कार्यसमितिको पहिलो बैठकले आदर्श भट्टराई र हरि केसि लाई कार्यसमिति सदस्यमा मनोनित गरेर एघार सदस्य पुर्याएको  छ ।

     हाल सम्म आजिवन सदस्य २५,बिशिस्ट सदस्य २० र ७८ साधारण सदस्य रहेको सदस्य हरि केसिले  बताए । रुपन्देहीमा आएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध भएका ,बसाइ सराइ गरेर पनि रुपन्देही र आसपासका जिल्लामा  कर्मथलो बनाएका सिर्सेनी बासिलाइ संगठित गर्ने र बिशुद्ध सामाजिक सेवाको भावका साथ स्थापित समाजले आफ्नो अगुवाइमा सहयोगी हातहरु संग समन्वय गरि गुल्मीको सिर्सेनिमा बृहत् स्वास्थ्य शिविर र रक्तदान जस्ता कार्यक्रम  सम्पन्न गरेको छ भने आयश्रोत कमजोर भएर बिभिन्न समस्यामा परेका सिर्सेनी बासीलाई समाजको पहलमा सक्दो आर्थिक तथा अन्य सहयोग गर्ने गरेको अध्यक्ष भिष्म अर्यालले बताए ।

    कार्यक्रममा अध्यक्ष भिष्म अर्यालले प्रगति प्रतिवेदन काेषाध्यक्ष ज्ञानु अर्यालले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने कार्यक्रमको संचालन सचिव महेन्द्र अर्यालले गरेका थिए । साथै सभाले बिधानमा केहि संसोधन  गर्नु पर्ने आवश्यता देखिएमा त्यस लाई औल्याइ बिज्ञहरुको राय सुझावमा उक्त काम सम्पन्न गर्न उपाध्यक्ष ऋषि भट्टराई लाई जिम्मा दिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij