२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एचपीभी खोप अभियान सुरु गर्दै प्रधानमन्त्री ओलीले भने : पाठेघरको क्यान्सरविरुद्ध महत्त्वपूर्ण अभियान

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको क्यान्सरलाई जनस्वास्थ्यको समस्या नै नहुने गरी अभियान सुरु भएको बताएका छन् । पाठेघरको मुखको क्यान्सरविरुद्धको निशुल्क एचपीभी खोप अभियान शुभारम्भ गर्दै उनले सरकारले नयाँ काम थालेको बताएका हुन् ।

    ‘आज हामी एउटा धेरै महत्वपूर्ण नयाँ काम थालिरहेका छौ । यस कामले साधारण प्रभाव पार्ने होइन, क्यान्सरजस्तो घातक रोगलाई लाग्नै नदिने गरी, खासगरी पाठेघरको मुखको क्यान्सर भन्छौं’, उनले भने, ‘हामी त्यसलाई सन् २०३० सम्ममा जनस्वास्थ्य समस्याको रुपमा नरहने गरी नियन्त्रण गर्ने विश्व स्वास्थ्य संगठनले आफ्नो लक्ष्य निर्धारण गरेको छ । त्यो अभियान आजबाट थालेका छौं ।’

    प्रधानमन्त्री ओलीले अहिले एचपीभी खोप लगाएका किशोरीहरुले हुर्किइसकेपछि पनि पाठेघरको क्यान्सरबाट मुक्त हुने विश्वास व्यक्त गरे । उनले भने, धेरै खुसीको कुरा र आशालाग्दो कुरा हो, जसले हामीलाई सुरक्षित भविष्यतर्फ, मानव सुरक्षाको भविष्य पनि सुरक्षित भविष्यतर्फ लैजान्छ ।’

    विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा प्रधानमन्त्री ओलीले उक्त अभियान शुभारम्भ गरेका हुन् ।

    यो अभियान फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन यो अभियान सञ्चालन हुँदैछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिने लक्ष्य छ ।

    प्रधामन्त्री ओलीले अगाडि भने, ‘विद्यालयमा खोप पछि विभिन्न स्वास्थ्य संस्थाबाट छुटफुट विद्यालय आउन नपाएका वा विभिन्न कारणले विद्यालयभन्दा बाहिरकासम्म पनि यो खोप पुर्‍याइनेछ । यसले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य एउटा प्रगति गर्नेछ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij